Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुमारी र जोंटा क्लबबीच सहकार्य

काठमाडौँ । कुमारी बैंक लिमिटेडले जोंटा क्लब काठमाडौँ नेपाललाई सहयोग गरेको छ । उक्त संस्थाले समाजमा लैङ्गिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस सेवा–उन्मुख संस्थाको मुख्य उद्देश्य महिला हक अधिकार, सशक्तिकरणका मुद्दा मामिलाहरुमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्दै लैजानु रहेको छ । यस संस्थाका प्रसंशनीय कार्यहरुको कदर र सम्मान स्वरुप उक्त सहकार्य गरिएको बैंकका पधादिकारीले जानकारी दिए । कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त कार्यक्रम माझ बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनाले जोंटा क्लब काठमाडौं नेपालकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम ७ लाखको चेक हस्तान्तरण गरे । बैंकले आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई सेवा दिँदै आएको छ ।