Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिको घोषणा आज हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा छानबिन समिति गठन भएकोबारे औपचारिक जानकारी गराउने छन् । २१ असारमा सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरी विशेष समिति गठन हुने जानकारी गराएका थिए । सो छलफलपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सात सदस्यीय समिति गठन भएको जानकारी गराएका थिए । उनका अनुसार समितिमा नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट २र२ सदस्य तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट १–१ जना सदस्य रहने तयारी छ । आज सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवाको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने र समितिमा रहने सदस्यहरुको नामावली सुनाउने तयारी छ । राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियड निष्प्रभावी हुने प्रावधान थपिएको भन्दै विरोध भएको थियो । राज्यव्यवस्था समितिका सदस्य र राजनीतिक दलका अन्य नेताहरुले समेत विधयेक हेरफेर गर्ने कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । सोही अनुसार गठन गरिएको छानबिन विशेष समितिलाई विधेयकमा हेरफेर गर्नेलाई कारबाही सिफारिस गर्ने र यस्ता घटना भविष्यमा दोहोरिन नदिने उपायबारे समेत सुझाव दिने कार्यादेश तोकिने स्रोतले बताएको छ ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल