Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘कुशल’ इञ्जिनियरबाट रेल विभाग लथालिंग

काठमाडौं । रेल विभागको महानिर्देशक बन्नासाथ ठेकेदार विरुद्ध पुरानो रिसइवी साधेर पूर्वाग्रही शैलीले आक्रामक बनेका इञ्जिनियर बलराम मिश्र विभागको उद्देश्य र सरकारको राष्ट्रिय घोषणाविरुद्ध उभिएका छन् । उनी गत हप्ता चीन भ्रमण गरी फर्केका छन् । नेपाललाई चिनले रेल ल्याइदिन्छ भन्ने आशा अब लगभग टुंगिएको छ । रेल विभाग लुटेराहरूको खाइलाग्दो संस्था बन्न पुगेको छ । कम्युनिष्ट पार्टीको कहिल्यै नेपालमा भविष्य छैन । अब नेपालका काँग्रेस र मधेशवादी दलहरूमात्र स्थापित हुन्छन भन्ने मिश्रको विश्लेषण त्यही बेला हावादारी थियो । उनले हावामै उडाएकै हुन् । तर उनको उपसचिवबाट सहसचिव तहमा बढुवा हुँदा कुन मधेशी र काँग्रेसी नेताले चासो लिए ? जबकि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हृदयश त्रिपाठी, विजय गच्छदार, विमलेन्द्र निधि, चुनावी सरकारका छविराज पन्थ मन्त्री भए, लामो समयसम्म उपसचिवमै डल्लिएका मिश्रले बढुवा हुन नेकपाकै नेताले मन्त्रालय चलाएको अवस्था कुर्नु प¥यो । तिनैलाई नेकपाको कुरा काट्न किन प¥यो ? मिश्र काठमाडौं डिभिजन, पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, सडक विभागकै आयोजना अनुगमन निर्देशक भएर सुई र डिईले दिएको खाँदै बसेका हुन् । ओभर शेयरबाट फाइल बढुवा भएका काँग्रेसका नेता सुबोध देवकोटाको समेत उनले चाकडी गरेकै थिए । तर भएन । सडक विभागका वामपन्थी विचार राख्ने इञ्जिनियरहरूको संख्या कम छ । काँग्रेस र मधेशी नेताले छानेर सडकका प्रोजेक्टमा मधेशी पक्षधरहरूको बाहुल्यता अनुसार काम दिन्थे त्यो बेला बलरामले आफ्नो स्वर्थबाहेक केही हेरेनन् । उनले कम्युनिष्ट पार्टीप्रति जति नकारात्मक व्यवहार दर्शाउँथे त्यो रुपमा जति वरिष्ठ भए पनि सहसचिव बढुवाका लागि वास्ता नगर्न सकिन्थ्यो । मधेशको राजनीतिमा जोसुकै हुन् पैसालाई महत्व दिइन्छ । विजय गच्छदार, हृदयेश त्रिपाठी, विमलेन्द्र निधिले मिश्रलाई च्यापेनन् बरु फाले । अहिले भ्रष्टाचारमा अब्बल रघुवीर महासेठले श्रीमती जुली महतोमार्फत् दक्षिणाा पाएपछि मिश्रको बढुवा भएको सडकका सबैलाई थाहा छ । बलरामले आलोचना गर्ने नेकपा नेृतृत्वमा दुई तिहाईको सरकार हुँदा बढुवाको अवसर पाए । यी मिश्रलाई साष्टङ्ग दण्डवत गरेर २÷४ हजार खल्तीमा राख्न पाएपछि पत्रकारिताका नाम्ले जुकाहरू ताजाखबरको सुराकी बन्दै गरेको पनि थाहा छ । नेपाली पत्रकारिताको कलंकित रुप खोज्ने बेला बखत मिश्रको कार्यकक्षमा पनि जानुपर्दछ । दैनिक सडक विभागको हाजिर गर्ने टिम छँदैछ । पत्रकारहरूकै कुरा काट्ने मिश्रको पौरव प्रकाशित गरेको पत्रिका बोकेर पुग्ने र छाक टार्ने जुकाहरू मिश्र जस्तै हाकिमहरूका अनन्य मित्रका रुपमा पुगेका हुन्छन् । तिनैलाई अन्तर्वार्ता दिन पाउँदा मिश्रहरू गर्व गर्दछन् । मिश्र कति क्षमतावान, कुशल हुन् भन्ने कुरा हुलाकी मार्ग हेरे पुग्छ । उनी रहेसम्म सो राजमार्ग अगाडि बढेन । रेल विभागले एउटा ठेकेदारसँग इगो लिएर किन अदालत गयो र कामको गति रोक्यो हाम्रो चासो त्यसमा हो । बढुवा हुन मन्त्री पत्नी जुलीलाई कति चढाए रेल विभागको महानिर्देशक बन्न कति बुझाए हाम्रो चासोको विषय होइन । प्रम ओलीको रेल चढ्ने सपना पूरा होला नहोला तर मिश्र चीन भ्रमणमा गएका बेला पक्कै रेल चढ्नेछन् । मधेशी नेता माओवादीका प्रभु शाह हुन् वा एमालेका रघुवीर महासेठ, काँग्रेसका विमलेन्द्र निधि वा विजय गच्छदार, सांसद बन्न मौकाअनुसार रुप फेर्ने सुस्ता क्षेत्रबाट नेपालीलाई भारतीय सुरक्षा बलले खेद्दा मु्ख नखोल्ने घनघोर राष्ट्रवादी हृदयेश त्रिपाठी किन नहुन् मिश्रले संगत गरेका नेता हुन् । यिनकै आडमा मिश्रले फूर्ति लगाएका हुन् । कम्युष्टिको घोर विरोधीलाई श्रीमती जुली महतोमार्फत् थैली बुझेपछि सहसचिव पदमा बढुवा गर्ने कम्युनिष्ट नै परेछन् रघुवीर महासेठ । जसको काम भनेको ठेकेदारसँग पैसा खाने, सडकको विस्तारको ढिलाई नहटाउने, यातायात व्यवसायीको सेन्डिकेट निर्मुल नगर्ने, रातारात घुस खाँदै भाउ बढाउने र सरकारका राष्ट्रिय योजनाविरुद्ध जानु हो । त्यही कारण रघुवीरको पद अबको पुनर्गठनमा बच्ने नबच्ने ठेगान छैन । रसियन तस्कर उपेन्द्र महेतालाई कम्युनिष्ट सरकारको बचाउ गर्नु छ । किनकि लुट्न कम्युनिष्टहरूसँग सजिलो हुन्छ भन्ने उनले रस्साबाट सिकेका छन् । तराईवासी भएको तानाले बलराम मिश्र जस्ता कुशल इञ्जिनियरलाई रघुवीरका जेठान उपेन्द्रले मात्र होइन सांसद जुली महतोले दाम लिएर विभागको जिम्मेवारी दिएका थिए । यिनै पौरखी मिश्रले प्रभु साहका लागि भौतिक पूर्वाधार मन्त्री बन्न लाग्ने खर्चको व्यवस्था गर्ने तयारी गरेको बबरमहल र पाटनढोकातिर नाम्ले जुकाहरूले बताउने गरेका छन् । जुकाहरूलाई मिश्रको यो तयारी सार्वजनिक गर्नु हुँदैन, रघुवीरले बरु मिश्र हटाउँछन् मन्त्री भएसम्म बिहान रोपेको बेलुकी आम्दानी हुने सुनको खेत छाड्दैनन । सचिव पदमा देवेन्द्र कार्कीलाई त्यसै ल्याएका छैनन् भन्ने चेतना पनि छैन । अहिले रेल विभागमा चाँदी कटाई छ । जहाँ कुशल व्यवस्थापक बलराम मिश्रहरूले ठेकेदारहरूसँग भाउ नमिल्दा आफैं अदालत जाने जसरी हुन्छ काम ढिलो गर्ने गरेका छन् । प्रधानमन्त्री ओली पानी जहाजको टिकट गएको माघ १५ गतेदेखि खुल्छ भनेकै हुन् । चीन र भारतबाट प्रवेश हुने रेल आफ्नै सरकारको पालामा नेपालका डाँडाकाँडा दौडन्छ भनेकै हुन् । तर मधेशमा रेल चलाउने रेल विभाग भनेर बलराम मिश्रको प्रवेशसँगै लथालिंग हुँदैछ । मेसीन छैन डिब्बा किन्नमै मुख मिठ्याउनेहरूले प्रम ओलीको हावादारी प्रवचलनलाई पनि कमाउने अवसर बनाउँदै छन् ।


सम्बन्धित समाचार

आफ्नै प्रशंसा खोज्दाको प्रतिफल

२०८१ चैत्र २८

ताजा नेपाल

रवि थुनिन्छ, यिनको लुट के हुन्छ ?

२०८१ चैत्र २८

ताजा नेपाल

जोडियो ओली र मोदीको सम्बन्ध

२०८१ चैत्र २८

ताजा नेपाल