Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रीय सदस्य जितेका अनुहार को कसका ?

काठमाडौं । काँग्रेसभित्र संस्थापन देउवा समूहको एकाधिकार तोडिएको छ । एकलौटी बनाइएको काँग्रेसभित्र शेखर कोइराला समूहको बलियोउपथिति हुनपुगेको छ । नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना निर्वाचित भएका छन् । डा. शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए ।
सबैभन्द बढी मत ल्याउने डा. सशांक कोइराला तटस्थ भूमिकामा थिए । बढी मत ल्याउने १० जनामा एकजनामात्र शेखर कोइराला पक्षका छन् । बढी मत ल्याउने २० जनामध्ये ४ जनामात्र शेखर पक्षका छन् । १५ जना देउवा पक्षका र १ जना तटस्थ छन् । देउवा इतर समूहका कतिपय नेताहरुले कठिन जित हासिल गरे ।

फरक पक्षधर निर्वाचित केन्द्रीय सदस्यको स्थानसहित

तटस्थ

१ डा शशांक कोइराला – ३८३६

 

देउवा पक्ष

२ एनपी साउद – २९३७

३ बालकृष्ण खाँण – २८७९

४ उदय शमशेर राणा – २८४३

५ रामहरी खतिवडा – २८३२

६ ज्ञानेन्द्र बहादुर कार्की – २८२०

७ रमेश लेखक – २७८०

८ शंकर भण्डारी – २७६८

९ जिपछिरिङ्ग लामा – २७०२

११ जितजंग बस्नेत – २५५७

१२ गोपालमान श्रेष्ठ – २५३८

१३ मोहनबहादुर बस्नेत – २४७६

१४ सुनिलबहादुर थापा – २४७२

१५ नैनसिंह महर – २४६७

१९ गोविन्द भट्टराई – २३५०

२० कुन्दनराज काफ्ले – २२७९

२२ सुरेन्द्रराज पाण्डे – २२०१

२३ पदमनारायण चौधरी – २०३८

२४ राजिव ढुंगाना – १८९६

२५ गुरु बराल – १८७०

२८ मदनबहादुर आमात्य – १८३०

३० गणेश लामा–१७८२

३१ दिनेश कोइराला – १७८१

३२ उमेशजंग रायमाझी –१७७६

३३ मोहन आचार्य – १७५१

३४ डा गोपाल दहीत – १७१०

 

शेखर कोइराला पक्ष

१० अर्जुननरसिंह केसी – २६५०

१६ दिलेन्द्र प्रसाद बडु – २४४१

१७ डा रामशरण महत – २४३४

१८ बलबहादुर केसी – २३८८

२१ दीपक गिरी – २२६५

२६ सञ्जयकुमार गौतम – १८६७

२७ गोविन्दराज पोखरेल – १८४३

२९ अजय बाबु शिवाकोटी – १८११

३५ कृष्णकिशोर घिमिरे – १७०७