Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केपी ओलीले बहिष्कार गरेको जबजको सौन्दर्य चिन्तन

  • अर्जुन ज्ञवाली

आरसि न्यौपानेको प्रधान सम्पादकत्वमा सम्पादित मदन भण्डारीद्वारा प्रतिपादित जबजको सौन्दर्य चिन्तन पुस्तक पढ्दा जबज भित्र दुई धार देखिन्छ । एउटा धार हिमवत्खण्डिय वैदिक धर्मसस्कृतीको जगबाट वैदिक साम्यवादको योगि नरहरिनाथको नेपाल एकीकरणको जगको धारबाट जबजलाई बिकसित गर्न खोजेको देखिन्छ । यो धारले जसरी चिनमा निवर्तमान राष्ट्रपति हुजिन्ताओ, वर्तमान रास्ट्रपति सि चीन फिङसम्म आइपुग्दा कन्फ्युसियस, ताओको चिनियाँ मौलिकतामा बिकास गरे त्यसरी नै जबजको बिकास गर्न खोजेको देखिन्छ । अर्कोधार विशेष गरेर इन्टरनेशनल शोसलिस्टको पश्चिमाधारसँग जबजलाई जोडेर दक्षिण कोरियन युनिफिकेशन चर्चको (होलिवाइन) मिसनसँग समाहित भएर जबजलाई शोस्लिस्ट धारसँग जोड्दै बिपि कोइरालाको इसाईमैत्री धारमा जबजलाइ प्रयोग गर्न ब्याख्या गर्न खोजेको देखिन्छ ।

विशेष गरेर केपि ओलि सहितको धार जबजको शोसलिस्टकरण गरेर इन्डो/पश्चिमामैत्री धारमा, जो कम्युनिष्ट विरोधी, माक्र्सवाद विरोधी, लेनिनवाद विरोधी, माओ विचारधारा विरोधी, चीन मैत्री धारा विरोधी खेमा हो त्यो खेमामा जबजको आवरणमा ओलीले एमालेलाई उभ्याउन खोजेको प्रष्ट रुपमा देखिन्छ भने बिद्या भण्डारी सहितको धार जबजलाई हिमवत्खण्डको नेपाल एकीकरणको धारसँग जोड्दै चिनले कन्फुसियस ताओमार्गमा माक्र्सवाद, लेनिनवाद, माओबिचार धारा र देङ थ्यौरिलाई जोडेजस्तै गरी अधि बढ्न चाहेको देखिन्छ । गत हप्ता २०८० साल पौष २१ गते यो पुस्तकको बिमोचनमा प्रमुख अतिथि बनाइएका केपि ओलिले पुस्तक बिमोचनमा नगएर सुर्यबहादुर थापाका उतराधिकारी भेषबहादुर थापाको पुस्तक पढ्दै गरेको तस्वीर सार्बजनिक गरेर यो पुस्तक प्रकाशनप्रती ऊनी त्यति खुशी नरहेको संकेत गरिसकेका छन् । केपी ओलि अनुपस्थित भएपछि पुस्तक एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट बिमोचन गराइनुले पुस्तकले ओलिको युनिफिकेशन चर्चको शोसलिस्टधारमाथि प्रहार गरेको बुझन सकिन्छ । २५ जना स्थापित लेखकहरूको सङ्गालो रहेको यो पुस्तक ४३० पेज रहेकोछ भने मुल्य ६०० रहेकोछ । नेकपा एमाले सम्बद्ध राष्ट्रिय जनसाँस्कृतिक महासंघ प्रकाशक रहेकोे पुस्तक एउटा दस्तावेजको रूपमा आएको छ ।

मदन भण्डारी झापा आन्दोलनका नेता होइनन् । भारतीय खुफिया एजेन्सी रअको योजनामा पूर्बी पाकिस्तान बिभाजन गरेर बङ्गलादेश बनाउने तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको षड्यन्त्रलाई रअ को योजना अनुसार पुस्पलालले समर्थन गरेपछि मदन भण्डारी, बामदेव गौतम, मोदनाथ पश्रित मुक्तिमोर्चा मार्फत बिद्रोह गरेर झापा बिद्रोहको समुहसँग एकाकार भएर नेकपा (माले) गठन गर्न पुगेका थिए । नेकपा (माले) का सस्थापक महासचिव सिपि मैनाली हुन् । मैनालीले राष्ट्रबादी धार पक्रेकोले मदन भण्डारीको हत्यापछि पार्टी कब्जा गरेका माधब कुमार नेपाल र केपी ओलिले उनलाई षड्यन्त्र पूर्वक किनारा लगाए भने पछिल्लो चरणमा वामदेव गौतमलाई पनि किनारा लगाइयो । बंंगलादेश बिभाजन पछी इन्दिरा गान्धिको नेपालको तराई बिभाजन गर्ने योजना रहेको तर भारतमै लागेको सङकटकालका कारण असफल भएको कुरा रअका पूर्व निर्देशका आरके यादवको मिसन रअ पुस्तकमै उल्लेख छ ।

यसकारण कम्युनिष्ट आवरणमा चीनको जासुसी गरिरहेका पुष्पलालले भारतीय खुफिया एजेन्सी रअ र इन्दिरा गान्धीको पूर्वी पाकिस्तान टुक्य्राएर बंगलादेश निर्माण गरेको घटनालाई समर्थन गरेपछि पुष्पलालसँग मदन भण्डारीले गरेको सम्बन्ध विच्छेद सही थियो भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ । स्मरण रहोस् त्यतिबेला चीनमा चिनियाँ जनवादी क्रान्तिका नेता माओ नै राष्ट्रपति हुनुहुन्थ्यो । माओले पूर्वी पाकिस्तान विभाजनलाई समर्थन गर्नुभएको थिएन । तर, आफूलाई नक्कली नेपाल कम्युनिष्ट पार्टीको संस्थापक भन्ने रअका एजेन्ट पुष्पलालले पूर्वी पाकिस्तानको विभाजन भएर निर्माण भएको बंगलादेशलाई समर्थन गरेका थिए । यसकारण बंगलादेशलाई समर्थन गर्नु माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा विरुद्ध थियो । पुष्पलाल कम्युनिष्ट आवरणमा रअको काम गर्न थालेपछि मदन भण्डारीले माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको रक्षाका लागि विद्रोह गरेका थिए । मदन भण्डारीको विद्रोह सही थियो भन्ने कुरा २०८० सालसम्म आइपुग्दा इतिहासले प्रमाणित गरिसकेको छ ।

यसकारण मदन भण्डारीको धार शुरुदेखिनै देशभक्त चीनमैत्री धार थियोे । उनको धार पुस्पलालको इन्डियन रअ, मोहनबिक्रम, मोहन बैध, निर्मल लामाको इसाई मिसनरी धाराको जडसुत्रबाद बिरुद्ध थियोे । यसकारण जबजलाई बुझन मदनले पुस्पलालको इन्डियन खुफिया एजेन्सी धाराविरुद्ध गरेको बिद्रोह बुझ्न पनि जरुरीछ । इतिहास सय पचास वर्षको हुँदैन । इतिहासका कतिपय घटनाक्रम नीति र कार्यक्रमहरूले सम्बन्धित नेतृत्वलाई कठघरामा उभ्याउँछ । यो पुस्तकले मदन भण्डारीको जबज भजाएर राष्ट्रघात गर्दै आएका केपी ओली र माधव नेपाल गिरोहलाई पनि इतिहासको कठघरामा कालो पोतिएको अनुहारसहित उभ्याइसकेको छ । २०४८ सालमा गिरिजाले गरेको राष्ट्रघाती टनकपुर सन्धिबिरुद्ध मदन भण्डारीले गरेको प्रहार र संसदको चौथो अधिवेशनमा टनकपुर सन्धिविरुद्ध दिएको अभिव्यक्ति देशभक्तिकै दृष्टान्त थियोे । उनलाई भारतीय कम्युनिस्ट नेता सिताराम यचुरी, हरकिशन सिह सुरजितहरूले कम्युनिस्ट अन्तर्राष्ट्रियबादी हुनाले टनकपुरको बिरोध नगर्न गरिएको आग्रहलाई मदन भण्डारीले पहिला म नेपाली, अनि मात्रै कम्युनिष्ट त्यसपछि माक्र्सवादी लेनिनवादी भनेर जवाफ दिएका थिए ।

मदनको हत्यापछि एमाले नेतृत्वमा आएका माधब नेपाल र केपी ओलिले २०५३ सालको राष्ट्रघाती महाकाली सन्धि गरेर मदन भण्डारीको देशभक्ती धारालाइ महाकाली नदिमै बिसर्जन गरेका छन् । अहिले जबजको देशभक्तीधारा केही मात्रामा बामदेव गौतम, सिपि मैनाली, भिम रावलहरूमा पाउन सकिन्छ तर माधब नेपाल र ओलि मार्फत २०५३ सालमै त्यसको हत्या गरिएको छ । यसकारण पुस्तक बिमोचनमा ओलिको अनुअस्थिति अस्वाभाविक होइन । पुस्तक विमोचन हुन लाग्दा पञ्चायतका कुख्यात भारतीय एजेन्ट, देशद्रोही, राष्ट्रघाती सूर्यबहादुर थापाका उत्तराधिकारी भेषबहादुर थापाको पुस्तक पढ्दै गरेको पुस्तक सार्वजनिक गरेर आफू मदन भण्डारीको जबजको धार होइन, सूर्यबहादुर थापाको इन्डो÷पश्चिमा धारमा रहेको सन्देश सार्वजनिक गरेका छन् । पुस्तकले नयाँ बहस सृजना मात्रै गरेको छैन मदन भण्डारीलाई भजाएर त्यसको दुरुपयोग गर्नेहरूलाई इतिहासको कठघरामा उभ्याउने प्रयत्न सुरु गरेकोछ । सम्पादक आरसिजि यस विषयमा प्रवेश गरिसकेकोले उहाँबाट अन्य यस्तै ग्रन्थ प्रकाशित हुँदै जाउन । उहाँलाई हार्दिक शुभकामना ।