Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । असारको सुरुदेखि नै सुरु भएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरुको आन्दोलन यथावत छ । संस्थागत सुधारका निम्ति २४ सुत्रिय माग राखेर आन्दोलनमा होमिएका ती कर्मचारीहरुलाई बोर्डको नेतृत्वले विश्वास दिलाउन नसक्दा यो अवस्था आएको हो ।
खानेपानी मन्त्रालय र सरकारलाई समेत लज्जीत बनाएको केयुकेयल कर्मचारीको आन्दोलन अहिले बिहान १० बजे देखि ३ बजे सम्मको धर्नामा पुगेको छ भने बार्डका अध्यक्ष सहसचिव तिरेश खत्री अधिकार बिहिन अवस्थामा थन्किएका हुन् वा आफ्नो क्षमताले नभ्याउने भएकाले सरकारको मूख ताकेका हुन् पत्तो छैन । अरुले देख्दा सञ्चालक समितिले चासो नदिएको यो समस्या भित्र समेटिएका २४ सुत्रिय मागमा कार्यकारी निर्देशक मिलन शाक्यको राजीनामा पनि प्राथमिकतामा परेको छ । सार्वजनिक निजी साझेदारी सिद्दान्तमा आधारित केयुकेल बोर्डमा भएका स्थानीय तहका प्रतिनिधिहरुलाई पनि आफू सहभागी संस्थाभित्रको भद्रगोलप्रति चासो छैन । कर्मचारी आन्दोलनका कमाण्डर शान्त कुमार बोहोराका अनुसार अहिले धर्ना कार्यक्रम चलिरहेको छ । बोर्डको निर्णय नै आन्दोलन सम्झौतामा पू्ग्ने माध्ययम भएकोले बोर्ड नै बढि जिम्मेवार हुन्छ । कर्मचारीहरुले नबुझेको सत्य भने अर्कै छ । मन्त्रालय सुत्रका अनुसार कार्यकारी निर्देशम मिलन शाक्यको कार्यक्षमता र कार्यसम्पादनको मूल्याङ्कन दुई बर्षमा हुन्छ आगामी साउनमा उनको कार्यसम्पादनको बारेमा मन्त्रालयले सोच्न सक्दछ । यदि मन्त्रीको हस्तक्षेप हुन्थयो भने शाक्यलाई पहिलै मन्त्री उमाकान्त चौधरी हटाइसक्दथे ।
उनलाई पनि यति खेर कर्मचारी सरुवा बढुवा र पद स्थापनाको मेसो मेलो मिलाउन भ्याइ नभ्याइ छ । नयाँ सचिवले केयूकेयलभित्रको समस्यालाई गहिरीएर अध्ययन गर्न भ्याएका छन् कि छैनन् कर्मचारीहरुले समेत उनलाई केयूकेयलको स्थिति बुझाउन जरुरी छ । त्यसो त केयुकेयलभित्रको आन्तरिक व्यवस्थापन गर्न कार्यकारी निर्देशक शाक्य कर्मचारी धर्ना सकिएपछि अफिस पुग्ने र काम गर्ने गरिरहेका छन् । आन्दोलन कै समयमा शाक्यले बौद्ध महाराजगञ्ज ललितपूर जस्ता ठूला शाखाहरुमा कार्यलय प्रमुख फेर बदल गरिसकेका छन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल