Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

के कुसरमा गयो नेपाली सेनाका मेजर शाहीको जागिर ?

कैलाली । कैलालीस्थित चिसापानीमा विवादमा मुछिएका नेपाली सेनाका मेजर अशोक शाही बर्खास्त भएका छन् । सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सैनिक अदालतले उनलाई बर्खास्त गरेको हो । उनलाई एक महिना कैद सजाय हुने समेत फैसला भएको छ । मेजर शाही गत पुस २८ गते कैद भुक्तान गरेर रिहासमेत भइसकेका छन् । सैनिक उच्च स्रोतका सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले गत पुस ३ गते मेजर शाहीलाई दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको थियो।

यस्तो रहेछ घटना
२२ कात्तिकमा कैलाली लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत सेनानी मेजर चिसापानी बजार पुगेका थिए। उनी आफ्नो बागमती प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर राति चिसापानी चोक पुगेका थिए। प्रहरीका अनुसार शाही सुरूमा चिसापानीको संगम होटलमा पुगे। होटलमा सञ्चालक हर्कबहादुर रावल बसिरहेका थिए। मादक पदार्थ सेवन गरेका शाही होटलको पछाडिबाट छिरे।
राति अबेर भइसकेकाले सञ्चालक रावलले शाहीलाई समयबारे अवगत गराए। तर, शाही मानेनन्। उनीहरूबीच विवाद सुरू भयो। हो–हल्ला बढ्दै गयो। हल्ला छिमेकसम्म पुगेपछि स्थानीय भेला भए। स्थानीयसमेत भेला भएपछि सेनानी शाही गाडी हाँकेर शिक्षालयतिर गए। मदिराले मातेका शाहीलाई स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गर्न थाले। प्रहरीका अनुसार शाहीमाथि स्थानीयको आक्रोश थपिँदै थियो। त्यसकारण उनको जीवन रक्षा गर्न प्रहरी लाग्यो।
स्थानीयको बीचबाट मेजर शाहीलाई सेर प्रहरीले इलाका प्रहरी कार्यालय चिसापानी पुर्‍यायो। तर, आक्रोशमा रहेका स्थानीय प्रहरी कार्यालयतिरै अघि बढे।
मेजर शाहीलाई बचाएको आरोप लगाउँदै स्थानीयले प्रहरी कार्यालयभित्रै ढुंगामुढा गरे। ढुंगामुढाबाट प्रहरी कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते मेजरलाई उपचारका लागि स्वास्थ्य चौकी लम्कीमा पुर्‍याइयो। चिसापानीस्थित प्रहरी कार्यालयमा दुवै पक्षबीच उजुर(बाजुर नगर्ने सर्तमा मिलापत्र भएको थियो।