Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाका कारण नवलपरासीका नारायणको मलेसियामा ज्यान गयो

दोहा । कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ । मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटीगार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो । दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो। मलेशियामा पछिल्लो समय कोरोनाका कारण धेरै श्रमिकहरु पीडित भएका छन् । सो कम्पनीमा कार्यरत २५ सयभन्दा धेरै श्रमिकमा कोरोना संक्रमण भएपछि मलेसिया सरकारले सो कम्पनीका अधिकांश फ्याक्ट्री सिल गरेको द स्टर अनलाइनले जनाएको छ ।
सोही कम्पनीमा काम गर्ने हजारौं कामदारलाई संक्रमणबाट बचाउने प्रयास गर्दा नेपाली कामदार युवराज खड्कालाई कम्पनीले जागिरबाट निकालि स्वदेश फिर्ता पठाएको बताइएको छ । खड्काले सहकर्मी कामदारहरुले अत्यन्तै भीडभाडयुक्त स्थितिमा ठूलो जोखिममा काम गरिरहेका २ तस्वीर खिचेका थिए । रोयटर्सलाई उद्धृत गर्दै द स्टरले जनाए अनुसार फोटोमा कामदारहरु आफ्नो तापक्रम जँचाका लागि लाइनमा उभिएको र उनीहरुबीच दूरी १ मिटरभन्दा पनि कम भएको बताइएको छ । उनीहरु रातिको सिफ्ट सुरु गर्नुभन्दा अघि लाइनमा उभिएका थिए। खड्का र अन्य ५ जना कामदारले रोयटर्सलाई बताए अनुसार कम्पनीमा मास्क र पञ्जा अनिवार्य थियो । तर दूरी कायम गर्नु अनिवार्य थिएन ।
सिधै कम्पनीको व्यवस्थापनसँग यस विषयमा कुरा गर्दा आफूले जागिर गुमाउनुपर्ने डरले उनले ती फोटोहरु आफ्नो देश नेपालको एक अधिकारकर्मी संस्थालाई पठाएका थिए । नेपालको अधिकारवादी संस्थाले तस्वीर कसले खिचेको हो भन्ने कुरा गोप्य राखी कम्पनी र मलेसिया सरकारलाई ती तस्वीरहरु पठाएको थियो ।
सेप्टेम्बर २३ मा टप ग्लोभले खड्कालाई त्यही फोटो सार्वजनिक गरेकोमा उनलाई जागिरबाट निकालिएको पत्र पठायो । त्यो पत्रमा कम्पनीले फोटो सुरुवातमा सीसीटिभी कभरेजबाट निकाल्ने व्यक्तिको रुपमा उनको पहिचान गरेको उल्लेख छ । कम्पनीले जागिरबाट निकालिएपछि उनी आफ्नै खर्चमा स्वदेश फर्किएका थिए ।


सम्बन्धित समाचार