Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाका कारण पाकिस्तानमा ५ सय १४ ले ज्यान गुमाए

पाकिस्तान । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३८ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१४ पुगेको हो । पाकिस्तानमा एकैदिन १ हजार १०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २२ हाजार ४९ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये ५ हजार ८०१ जना उपचारपछि निको भएका छन् । १५ हजार ७३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
सार्क राष्ट्रमा भारतपछि पाकिस्तानका कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।


सम्बन्धित समाचार