Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । गत वर्ष मंसिरमा चीनको उवान राज्यबाट शुरु भएको विश्व महामारी कोरोनाले अहिलेफेरि छिमेकी देश भारतमा आतंक मचाउन थालेको छ । नेपाल र भारत बीच खुल्ला सिमाना भएको कारण भारतको कोरोना आतंकले नेपालको तराई क्षेत्रलाई प्रभाव पारिसकेको छ । सरकारले दुई चरणमा आफ्ना नागरिकहरुलाई कोरोना भाइरस कोभिड–१९ को खोप दिलाउन सफल भएपनि उत्तरको छिमेकी चिनले उपलब्ध गराएको १० हजार डोज खोप नेपाल भित्र्याउने ढिलाई गर्दा जनता संक्रमण बढेसँगै अतंकीत भएका छन् । सरकारलाई कुर्सी जोगाउने र राजनीतिक अस्तिरता चम्काउने अभियान चलाउदैमा नेपालमा दोस्रो चरण प्रवेश गर्ने कोरोनाको त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो साता संक्रमण दर बढ्दै गएको छ । मन्त्रालयको विवरणअनुसार मंगलबार ४ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ ।
सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो । हाल नेपालमा आइसोलेशनमा १ हजार १२८ जनामात्रै भए पनि बढ्दो संक्रमण दर र पर्याप्त सावधानी नअपनाइनुले पुनः संक्रमणको अवस्था भयावह बन्ने हो कि भन्ने चिन्ता बढेको छ । तर पनि सरकारले अब लकढाउन गरेर एक वर्षसम्म थला परेको आर्थिक मन्दिलाई बढाउने पक्षमा छैन । आज लकडाउन भएको एक वर्ष पुग्यो । करिब चार महिना लामो लकडाउन हुँदा अर्थतन्त्र क्षेत्र ध्वस्त हुनुका साथै जनजीवन कष्टकर बनेको थियो । लकडाउनपछि जनजीवन सामान्य अवस्थातिर फर्किँदै गर्दा फेरि संक्रमणको दोस्रो लहरको त्रास सुरु हुनुका साथै आगामी दिन कसरी अघि बढ्ला भन्नेतर्फ आम चासो बढेको छ । यही आम चासोका बीच सरकार भने पहिलेको जस्तो लकडाउन नगर्ने पक्षमा देखिएको छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै जाने तर, लकडाउन नै भने नगर्ने मुडमा सरकार देखिएको छ । एक मन्त्रीका अनुसार सरकार विगतमा जस्तो हतारमा लकडाउन गरेर कोरोना नियन्त्रणमा लाग्ने भन्दा पनि यसपटक विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने योजनामा छ । ती मन्त्रीका अनुसार सरकार तत्काल लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमामा सतर्कता अपनाउने र हवाइ उडानमा थप योजनावद्ध नीति लागू गर्नुका साथै क्वारेन्टिनको उचित व्यवस्थापन र समग्र स्वास्थ्य प्रणालीको सही परिचालनमा सरकारको जोड रहनेछ । आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को बैठक समेत बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना रोकथाम र न्यूनीकरणका लागि सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ । गत वर्ष कोरोनको नाममा हत्तारमा औषधीजन्य सामाग्री खरिद गर्दा लुटेका लुटेराहरु अझै पनि लुट्ने दाँउमा छन् । प्रधानमन्त्री केपि ओली तिनै लुटाहाहरुको संरक्षक बनेर पार्टीका समकक्षहरु माथि प्रहार गर्न तल्लीन्छन् । कोरोना जस्तो महामारी विरुद्ध सिङ्गो देशलाई एकता गराउनु पर्ने दायित्व लिएको सरकार गुटमा रुपान्तरण भएको छ । त्यही गुटले सीसीएमसीले गरेको कामकारबाहीलाई पौरखका रुपमा पुस्तक प्रकाशन गरेर आफ्नो काम देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका विभिन्न प्रान्तहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको सन्दर्भमा नेपालमा पनि सोको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य मापदण्ड पालनामा जोड दिएको छ । मन्त्रालयले सबै प्रवेश बिन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको आरडीटी तथा सम्भव भएसम्म कोभिड–१९ को पीसीआर परीक्षणको व्यवस्था मिलाउन प्रवेश स्वास्थ्य निर्देशनालयसहित सरोकारवाला निकायलाई आग्रह गरेको छ । यस्तै, परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएकालाई उचित उपचारको व्यवस्था गर्न, स्थानीय निकाय, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरूले आवश्यक सहयोग तथा समन्वय गर्न पनि आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । क्वारेन्टिन आदेश २०७७ बमोजिमका व्यवस्था लागू गर्न, रोगको निगरानीलाई चुस्त बनाउन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउनका साथै सबै अस्पताललाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्रालयले सीमा नाकामा कडाइ गर्न ७७ वटै जिल्लामा सर्कुलर समेत गरिसकेको भए पनि नेपालीहरु आफ्नो देश प्रवेश गर्न थालेका छन् । उनीहरु नियमित आउने जाने र भारतमा रोजगारी गर्ने नागरिक हुन् । कोरोनाको संक्रमण बढ्न नदिनका लागि सबैभन्दा धेरै आम नगरिकनै जिम्मेवार हुनुपर्ने शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जोड दिएका छन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल