Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे २ लाख माथि

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६४ पुगेको छ । विश्वका २१२ मुलुकमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७९५ जना संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ९४ हजार ८३५ जना उपचारपछि घर फर्किएका छन् । २१ लाख ९७ हजार ५९६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार ६३५ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख ४२ हजार १४३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७६ हजार ८९१ जनाको मृत्यु भएको छ ।
यस्तै एसियाली मुलुकहरुमा २० हजार ७८, दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार २७४ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८४८ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा अमेरिकामा १२ लाख १२ हजार ८३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७१७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १०५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार १७९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ४२८ पुगेको छ । १ लाख ५१ हजार ६३३ जना उपचारपछि निको भएका छन् । ७१ हजार २४० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ । इटालीमा संक्रमितमध्ये ८२ हजार ८७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९९ हजार ९८० जनामध्ये १ हजार ४७९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।


सम्बन्धित समाचार