Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पर्सा । एक दुई जना गर्दा गर्दै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगिसकेको छ । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोमबार मृत्यु भएकी १८ वर्षे युवतीमा कोरोना भाइरस पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ । पोखरिया–८ जगतपुर घर भएकी उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न बाँकी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ भने कोरोनाबाट २१ हजारभन्दा धेरै संक्रमित छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल