Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले रोकियो नेकपाको स्थाथी समिति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकमा जान तयारी गरिरहेका स्थायी कमिटी सदस्यलाई एसएमएसमार्फत बैठक स्थगित भएको सूचना दिइएको थियो । स्थायी कमिटीका कतिपय सदस्यहरूको कोरोनाभाइरस कोभिड– १९ परीक्षण गर्न बाँकी रहेकाले स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बताएका छन् । नेकपाको स्थायी कमिटीमा रहेका ४५ सदस्यहरुमध्ये सांसद रहेका अधिकांशको परीक्षण सकिएको छ भने अझै परीक्षण गर्न र रिपोर्ट आउन बाँकी रहेका सदस्य रहेकाले आजको बैठक स्थगित भएको हो ।

नेकपाको पार्टी कार्यालय सचिव ईश्वरी रिजाललका अनुसार कोरोनाको जाँचपछिमात्र बैठक बस्नेछ । उनले भने, ‘बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको छ । आजको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम, पार्टीभित्रको आन्तरिक विवाद तथा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल हुने कार्यतालिका थियो ।


सम्बन्धित समाचार