Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले लियो अस्पताल सञ्चालकसहित चार जनाको ज्यान

काठमाडौं । संक्रमण दर बढेसँगै मृत्युको ग्राफ पनि उकालो लाग्दैछ । मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो। पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पिसिआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो।

उनको न्युरो अस्पतालमा उपचार भइरहेको थियो। पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय उनको बिहान ३ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताएका छन्। रिपोर्ट आउनुभन्दा पहिले नै उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। मिर्गौला पीडित उनी नियमित डाइलासिस गराउँदै आएका बिरामी थिए।

यस्तै, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरूषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ। कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजेतिर उनको वृद्धको मृत्यु भएको हो। उनलाई निमोनियाको समस्या थियो। उनको असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो।

नोबेलमै ६६ वर्षीय वृद्ध पुरूषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। उनको असोज २७ गते रिपोर्ट पोजेटिभ आएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार नोबेल भर्ना गरिएको थियो। यसैगरी, कोसी अञ्चल अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमित एक महिलाको मृत्यु भएको छ।  विराटनगर–२ की ६० वर्षीया महिलाको सोमबार बिहान ४ बजे मृत्यु भएको हो। असोज १९ गते कोरोना पुष्टि भएपछि उनी कोभिड अस्पताल भर्ना भएकी थिइन्।


सम्बन्धित समाचार