Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना प्रदेश बन्यो समग्र मधेश

काठमाडौं । सीमा सुरक्षाका दृष्टिले संवेदनशील ठानिएको प्रदेश २ लाई कोरोना प्रदेश भने भएको छ । आठ जिल्लाको यो प्रदेशका मुख्य मन्त्री छन् लालबाबु राउत । उपेन्द्र यादव नेतृत्वको टीमका राउतको कार्यक्षमता यस पटक देखियो । संघीय सरकारका प्रम केपी ओलीको भाषणमा जनता भोकै मर्नु पर्दैन भन्ने छ । तर भोेको पेटका मान्छे राजधानीमै मरे । राउत नायक भएको प्रदेश २ अशिषित र गरिबीको भण्डार बन्दैछ । त्यहाँ ७६४ किमी सीमा क्षेत्रमा सशस्त्रले ५३ बोर्डर आउटपोष्ट र ९७ वटा अस्थायी पोस्ट खडा गरेको छ । एक सयउ मिटरमा एक जवान खटाउँदा ४४४० जना जरुरी हुन्छ तर सशस्त्रको दरबन्दी त्यो प्रदेशमा छ हजार मात्र छ ३२ सय सीमानामै खटेका छन् ।
अवैध चोरी निकासी नियन्त्रणमा सशस्त्रले विगतमा भन्दा प्रगति गरेको छ । यो वर्ष झण्डै ३३ करोडको हाराहरीमा चोरी निकासी नियन्त्रण भएको सूत्र बताउँछ । कामको प्रगति र दैनिक सूचना केन्द्रीकृत गरेको सशस्त्रले जिल्लामा सहज सूचना सम्प्रेषण स्थानीय तहमा लुकाउन खोजेर लुक्दैन । सशस्त्रले यो प्रदेशमा विगत वर्षभन्दा काम धेरै गरेको छ । अवैध गतिविधि रोक्न १९ स्थानमा सिसी टिभी क्यामेरा जडान गरेको सशस्त्रले कोरोना प्रदेश राज्यका आठ जिल्लामा १३५८ कोरोना पोजेटिभ भएकोहरुको क्रियाकलाप निगरानी पनि गरेकै छ । सत्ता र पदको लडाइँमा भिडेका दलहरु बेपत्ता छन् । प्रदेशमन्त्री पषिद्को रेकर्डमा परिक्षण गरिएका २५५२० मध्ये १३५८ सक्रमित देखिएकोमा रौतहटले सबैलाई जितेको छ । त्यहाँ ४११ पोजेटिभ भेटिए भने सर्लाहीमा ३७०, पर्सामा १२२, धनुषामा ११७, महोत्तरीमा १०५, सप्तरीमा १०२, बारामा ८२ र सिराहमामा ४९ जना रहेका छन् । प्रदेश स्तरमा यो प्रदेश प्रथम, कर्णाली दोस्रो, सुदूरपश्चिम तेस्रो प्रदेश ५ चौथो भएका छन् । कोरोनाबाट ७१ जिल्ला प्रभावित भए । संघीय सरकारले १२ अर्व खर्च गरेको बताउँछ तर क्वारेन्टाइनको भद्रगोल र भोकमरी संसारले देखेकै छ ।