Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना भाइरसबाट मर्नेको संख्या २ लाख नाघ्यो

एजेन्सी । कोरोना महामारीबाट २ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जनाको मृत्यु भएको छ भने ९० हजार १०८ जना संक्रमित भएका छन् । कूल संख्या २९ लाख २० हजार नाघेको छ ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । यो समाचार तयार पार्दासम्म थप २ हजार ५५ जनाको मृत्यु भएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार २४८ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ५२५ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ८८ हजार ११५ जनामध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४१५ जनाको मृत्यु भएको छ । शनिबार थप ४१५ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ३८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९५ हजार ३५१ पुगेको छ । इटालीमा संक्रमितमध्ये ६३ हजार १२० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ५ हजार ८४७ जनामध्ये २ हजार १०२ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुगेको छ ।
आइतबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २३ हजार ७५९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ हजार ७०८ जना उपचारपछि निको भएका छन् । १ लाख ५ हजार १४९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ३६९ जनाको मृत्यु भएको छ । योसँगै त्यहा मृतकको संख्या २२ हजार ६१४ पुगेको छ । एकैदिन १ हजार ६६० जना संक्रमित थपिदा कूल संक्रमितको संख्या १ लाख ६१ हजार ४८८ पुगेको छ ।
बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । एकैदिन अरु ८१३ जनाको मृत्यु भएपछि मृतकको संख्या २० हजार ३१९ पुगेको हो । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २० हजार ११४ जना, उत्तर अमेरिकी मुलुकहरुमा ५८ हजार ५९१ जनाको मृत्यु भएको छ । यस्तै एसियाली मुलुकहरुमा १६ हजार ९३८, अफ्रिकी मुलुकहरुमा ७ हजार ३ सयभन्दा बढी र अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा ९८ जनाको मृत्यु भएको छ ।


सम्बन्धित समाचार