Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न प्रहरीले हान्यो अश्रुग्यास

गोरखा । संक्रमित व्यक्तिको मृत्युपछि शव व्यवस्थापन कार्यमा सहजता आउन सकेको छैन । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका १२ र शहीद लखन गाउँपालिका १ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो । तर स्थानीयवासीले त्यसको विरोध गरेका छन् । असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।