Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमितलाई पक्राउ गर्ने सुरक्षाकर्मीलाई परीक्षण गरिने

महेन्द्रनगर । नेपाल–भारत नाकाबाट लुकिछिपी स्वदेश प्रवेश गरेका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरमा १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने नभएको छ । भारतबाट उत्तराखण्डबाट लुकिछिपी नेपाल प्रवेश गरेका कञ्चनपुरको बदेकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसहित ११ जना अवैध बाटो प्रयोग गर्दै सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए । पछि सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी पु¥याएको थियो । सशस्त्र प्रहरीको ५ जनाको टोलीले उनीहरुलाई गड्डा चौकी पु¥याएको थियो । त्यस क्रममा अन्य ९ जना सशस्त्र प्रहरी पनि संलग्न हुन पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सशस्त्र प्रहरी निरीक्षकसहित १४ जना सुरक्षाकर्मीको नमूना संकलन गरिने जानकारी दिए । हाल उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । उनीको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइने उपाध्यायले जानकारी दिए ।


सम्बन्धित समाचार