Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमित घट्दा पनि मृतकको संख्या बढ्यो

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घटे पनि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या भने बढेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। हाल कोरोना निको हुने दर ९१।९ प्रतिशत रहेको छ । अब देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ ।


सम्बन्धित समाचार