Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमित ४२ वर्षी प्रहरी नायब निरीक्षक वैदिकको मृत्यु

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षक यज्ञमणि वैदिकको कोरोनाका कारण बिहीबार मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४२ वर्षीय वैदिकको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनकलाई मंसिर ३ गते कोरोना पुष्टि भएको थियो। सोही दिन बेलुका उनी भेरी अस्पतालमा भर्ना भएका थिए। उनलाई निमोनिया समेत भएको अस्पतालले जानकारी दिएको छ।


सम्बन्धित समाचार