Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को हुन् अमेरिकाले डिपोर्ट गरेका १० नेपाली

काठमाडौं । अमेरिकामा अनाधिकृत रुपमा बसिरहेका १० नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ । अमेरिकाले विमान चार्टर गरी नेपाल डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन विभागले उनीहरुलाई केही दिनअघि गल्फ स्ट्रीम जहाजको भीएन ७४०एसएसले नेपाल ल्याएर छाडेको थियो । राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर विष्ट मगर, छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसीलाई नेपाल डिपोर्ट गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गैर कानुनी ढंगले अमेरिका प्रवेश गरेको र राहदानी विना अमेरिका बसिरहेका उनीहरलाई डिपोर्ट गरेको हो । वासिङ्टन डिसीस्थित नेपाली दूतावासले उनीहरुको ट्राभल डकुमेन्ट बनाइदिएपछि उनीहरु नेपाल आउन पाएका थिए । नेपाल आएपछि उनीहरुलाई प्रहरीको मानव बेचविखन अनुन्धान ब्युरोले निगरानीमा राखेको स्रोतले जनाएको छ ।