Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्यानको दादागिरीविरुद्ध खेलाडी जुर्मुराए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका ४ खेलाडीहरुले क्यानको यो कदमले आफुहरुलाई दुखीद बनाएको बताएका छन् । उनीहरुले हामीले आजसम्म नेपालको क्रिकेटप्रति गरेको समर्पणको सम्मान यही हो ? भन्दै प्रश्न उठाएका छन् । कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कप्तान र उपकप्तान हटाउने र आफूहरुलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्नेजस्ता कारबाहीले आफूहरुलाई निकै दुःखीद् बनाएको बताएका हुन् ।
उनीहरुले खेलाडीहरुको मेहनतले नेपालको क्रिकेट आज यो अवस्थामा पुगेको बताउँदै यस्तो विवादले खेलाडीहरुलाई दुरुत्साहित गर्ने बताए । साथै, खेलाडीहरुले ब्याट र बल छोड्ने अवस्था नल्याउन क्यानलाई आग्रह गरेका थिए । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले समेत शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई मन्त्रालयमा बोलाएर खेलाडीहरुमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाउदै पुनर्विचार गर्न आग्रह गरेका थिए ।