Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्याबिनेटमै ढलेका प्रधानमन्त्री कोलाबालीको निधन

एजेन्सी । मन्त्रीपरिषद् बैठकमा बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका ६१ वर्षका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो । गएको मे २ मा उपचारका लागि फ्रान्स गएका उनी दुईमहिनापछि गत विहीबार स्वदेश फर्किएका थिए । सत्तारुढ पार्टीले राष्ट्रपति चुनावका उम्मेदवार बनाउने घोषणा गरेका कोलाबालीको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनावमा अनिश्चित भएको छ ।