Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रिकेट खेलाडीको मासिक तलब १ लाख, ग्रेड पनि वर्गिकरण

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक तोकेको छ । क्यानले खेलाडीहरुको वर्गिकरण गर्दै ग्रेडअनुसार पारिश्रमिक निर्धारण गरेको हो । क्यानको शनिबार र सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको उल्लेख गरेको छ ।

पुरुष खेलाडीहरुलाई ग्रेड ए, ग्रेड बी, ग्रेड सी र ग्रेड डी गरी चार भागमा वर्गिकरण गरिएको छ । ग्रेडअनुसार ए ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउनेछन् । यस्तै, क्रमशः बी ग्रेडका खेलाडीलाई ७०, सी का लाई ५५ र डी ग्रेडका खेलाडीलाई ३५ हजार तलब निर्धारण गरिएको क्यानले जनाएको छ । यस्तै इमर्जिङ क्याटोगरिका खेलाडीलाई २५ हजार मासिक तलब निर्धारण गरिएको छ ।

महिलातर्फ ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ३५, सी ग्रेडका लाई ३० तथा डी ग्रेडका महिला खेलाडीले २५ हजार तलब निर्धारण गरिएको छ । महिलातर्फका इमर्जिङ क्याटोगरिका खेलाडीलाई मासिक २० हजार तलब निर्धारण गरिएको छ ।


सम्बन्धित समाचार