Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खतरामुक्त भए क्रिकेटर ललित भण्डारी

काठमाडौं । आइतबार दुर्घटनामा परेर गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए । दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो । भण्डारीको अहिले कोहलपुरमा उपचार भइरहेको छ । उनको हात र खुट्टा फ्याक्चर भएको छ । अहिले उनको अवस्था सामान्य रहेको राष्ट्रिय टिमका अलराउण्डर पारस खड्काले जनाएका छन् । पारसले उनी अहिले खतरामुक्त रहेको र सामान्य अवस्थामा रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।