Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाँणका पक्षबाट दर्जनभन्दा बढी वकिलले बहस गर्ने

काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणका पक्षबाट २ पूर्वमहान्यायाधिवक्तासहित दर्जनभन्दा बढी वकिलले बहस गर्ने भएका छन्।
खाँणका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहालले बहस गर्ने भएका छन् । खाती खाँण गृहमन्त्री भएकै बेला महान्यायाधिवक्ता थिए।
त्यस्तै नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाँणका पक्षमा बहस गर्दै छन्। बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाँणका पक्षबाट बहस गर्ने जनाईएको छ ।
त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाँणका पक्षबाट बहस गर्न नाम टिपाएका छन्। अधिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन्।
नक्कली शरणार्थी प्रकरणमा खाँणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ। यीमध्ये १८ जना पक्राउ परेका छन्।
पक्राउ परेका सबैको बयान सकिएसँगै अदालतमा आज थुनछेक बहस सुरु हुँदैछ। बहस जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ। आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन्। सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउने जानकारी दिईएको छ ।