Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुर्पा प्रहार गरी हत्या

नुवाकोट । धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका(१२ देउराली लामाटोल बस्ने ककनी गाउँपालिका(३ चाउथे घर भएकी २८ वर्षीया पार्वती राना मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बेलकोटगढी नगरपालिका(१२ देउराली लामाटोलस्थित माईतीघरमा बस्दै आएकी पार्वतीले आफ्नै भाइ नवराज रानामगरको छोरा ३ वर्षीय सुजन रानामगरलाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी तादिपुलबाट खटिएको प्रहरी टोलीले पार्वतीलाई सोही स्थानमा रहेको जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल