Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुल्ला मञ्चमा डोजर – बसपार्क पनि सर्ने

काठमाडौ महानगरपालिकाले खुलामञ्चमा फेरि डोजर चलाएको छ । केही समयअघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले फेरि डोजर चलाएर थप संरचना भत्काएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यही अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेयर काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार नै खुला गर्ने अभियानलाई निरन्तरता दिएको जनाएका छन् । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भैसकेको र वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गर्ने जानकारी दिएका हुन् । ज्ञवालीले अस्थायी वसपार्कलाई पनि अन्तै व्यवस्थापन गरी छिट्टै त्यसलाई समेत खुला गर्ने जानकारी दिएका हुन् ।