Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खेलकुदका सबै गतिविधि बन्द

काठमाडौं । कोरोना कहरले सबै क्षेत्रलाई प्रभावित पारेको छ । व्यापार व्यवसाय ठप्प छ भने अरु क्षेत्रलाई पनि नराम्रोसँग गाँजेको छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि खेलकुदका गतिविधि बन्द गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले कोरोनाको जोखिमलाई मध्यनजगर गर्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको जनाएको हो । राखेपले सोमबार सूचना जारी गर्दै राखेपबाट सम्पादन गरिने अति जरुरी कामबाहेक अरु बन्द गर्ने निर्णय गरेको जनाएको हो । राखेपले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।