Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को महामारी नियन्त्रणका लागि विश्वका धेरै मुलुकमा खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । खोप अभियानसँगै सीमा खोल्न र आर्थिक गतिविधि बढाउन ‘खोप पोसपोर्ट’ वितरण गर्ने विषयमा छलफल सुरु भएको छ । यसले सुरक्षित रुपमा आर्थिक तथा सामाजिक गतिविधि बढाउन सकिने समर्थकहरुले बताएका छन् । चीन र इजरायलजस्ता मुलुकले आगामी दिनमा अन्तर्राष्ट्रिय भ्रमण खुला गर्ने र आर्थिक क्रियाकलाप बढाउन कोरोना प्रतिरोधी भएको प्रमाणीकरणको लागि आफ्नै प्रक्रिया अपनाइरहेका छन् । केही मुलुक कोरोना खोप लगाएको प्रमाणपत्र दिने विषयमा छलफल गरिरहेका छन् । त्यसो त यो अवधारणामा आशंका गर्ने पनि कम छैनन् ।
के हो त खोप पासपोर्ट ?
खोप पासपोर्ट कुनै पनि मानिसले कुनै रोगविरुद्धको खोप लिएको छ भनेर पुष्टि गर्ने कागजात हो । उदाहरणका लागि कोरोना खोप लगाएको पुष्टिका लागि दिइने कागजातलाई कोरोना खोप पासपोर्ट भनिन्छ । खोप पासपोर्ट हस्ताक्षर र स्ट्याम्पसहित कागज वा क्युआर कोडका रुपमा दिन सकिन्छ । खोप पासपोर्ट आगामी दिनमा अन्तर्राष्ट्रिय भ्रमणका साथै थिएटर र रेष्टुरेन्टमा प्रवेश गर्नका लागि पनि आवश्यक पार्नसक्ने जानकारहरु बताउँछन् । यद्यपि खोप पासपोर्टको योजनाले समाजमा विभाजन बढाउने केहीको भनाइ छ । यस्तोमा खोप पासपोर्ट भएका र नभएका गरी समग्र समाज दुई भागमा विभाजित हुने र केही सामाजिक क्रियाकलापमा एकाथरीले मानिसले अवसर पाउने र खोप पासपोर्ट नभएकै कारण अर्को पक्षलेसहभागी हुन नपाउनेजस्ता समस्या उत्पन्न हुने सम्भावना बढ्नेछ ।
खोप पासपोर्टको चर्चा किन ?
अहिले कोरोना खोप कार्यक्रम विश्वका धेरै मुलुकमा सञ्चालन भइरहेको छ । सुरक्षितरुपमा अन्तर्राष्ट्रिय भ्रमणको लागि सीमा खोल्ने र आर्थिक गतिविधि बढाउन खोप पासपोर्ट महत्वपूर्ण हुन सक्ने केहीको दाबी छ । सैद्धान्तिकरुपमा खोप लगाएको प्रमाण भएका मानिसहरुलाई मात्र मुलुकमा प्रवेशको अनुमति दिने निर्णय कोरोना नियन्त्रणको लागि निकै महत्वपूर्ण बन्नेछ । वास्तविकतामा भने खोप पासपोर्ट कसरी बनाउने र कार्यान्वयनमा ल्याउनेजस्ता चुनौती देखिनेछन् । त्यतिमात्र पनि होइन, असमानता बढाउने, गोपनीयताको अधिकार हनन हुन सक्ने र कोरोना नियन्त्रणको प्रयासमा अवरोध सिर्जना हुन सक्ने जोखिम पनि खोप पासपोर्टको अवधारणामा हुनेछ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल