Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने प्रकृयामा अगाडि बढाउने बताएका छन्। आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले गंगालाल अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन प्रयास गर्ने बताए। कुनै जटिलता भए समाधान गर्न बनाउन आफ्नो पूर्ण सहयोग हुने पनि उनले बताए। उनले भने, हामीले स्वास्थ क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ भनेर नै संविधानमा मौलिक अधिकारको रुपमा राखेका छौं। त्यो मौलिक अधिकार व्यवहारमा उतार्न काम गर्नेछु। आफ्नो दोस्रो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको र यस कार्यकालमा पनि त्यसलाई निरन्तरता दिने उनले बताए। कार्यक्रममा बोल्दै स्वास्थ्यराज्यमन्त्री डा तोसिमा कार्कीले अस्पतालले उत्कृष्ट काम गरेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन्। मुटुका सेवा विकेन्द्रीकरण गर्नका लागि मन्त्रालयले सहयोग गर्ने उनले बताईन्।
ुअस्पतालमा कुनैपनि समस्या भए उक्त समस्या लिएर मन्त्रालय आउनुस् तपाईंहरुको लागि सँधै ढोका खुल्ला छ, हामी सँधै सहयोग गर्छौं, उनले भनिन्।
कार्यक्रममा सांसद प्रदिप पौडेलले गंगालाल अस्पताल अन्य अस्पताल भन्दा तुलनात्मक राम्रो भएको बताए। अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन उनले आग्रह गरे। कार्यक्रममा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालले उत्कृष्ट सेवा दिएको बताए। अस्पतालमा विपन्न कार्यक्रम, बिमा कार्यक्रम, निःशुल्क कार्यक्रमले जनतालाई सहज भएको बताए। मन्त्रालयले अस्पतालका आवश्यक विषयलाई पूर्ण सहयोग गर्ने उनले बताए। प्रधानमन्त्रीले स्वास्थ्यको क्षेत्रमा केही गर्ने आशा जगाएका कारण स्वास्थक्षेत्र खुसी भएको समेत उनले बताए बताए। केन्द्रको वार्षिकोत्सवको अबसरमा डा अग्नीभुषण उपाध्यय, डा दामोदर प्रसाद पोखरेल,डा भगवान् कोइराला, डा अरूण मास्के, डा मन बहादुर केसी र डा ज्योतेन्द्र शर्मा लगायतका चिकित्सकहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी २५ वर्षभन्दा बढी सेवा प्रदान गर्ने कर्मचारीहरूलाइ दिर्घपदक प्रदान गरिएको थियो।