Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण पक्राउ

काठमाडौं । उद्योगपति तथा सांसद् विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। गंगालाल अस्पतालले प्राप्त गरेको ३५ मध्ये १० रोपनी जग्गा चौधरी ग्रुपले हडपेको यसअघि सार्वजनिक भएको थियो। चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोमा उनी पक्राउ परेका हुन्। उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोद कुमार चौधरी, अरूण कुमार चौधरीलगायत रहेका थिए। कुनै समय उक्त जग्गा दिएबाफत् बाँसबारी छाला तथा जुत्ता कारखाना समेत सेयर सदस्य बनेको थियो। बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा भगवान कोइरालाले आफ्नो पुस्तक हृदयमा उल्लेख गरेका थिए। त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो।