Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सफलतासँगै काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुको घोषणा बढिरहेका बेला काठमाडौं क्षेत्र नम्त्रर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित्दै आएका छन् ।
पोखरेलले आफ्नो तीनचरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको बताए ।उनले पहिलो घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने बताए । ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर दोस्रो चरणमा समाधानका उपाय ल्याउँने र तेस्रो चरणमा मत माग्न घरघरमा आउँने उनले बताए । आफूसँग विकासको एजेण्डा रहेको भन्दै पाँच बुँदे सूत्र सुनाए । पोखरेलले आफू कसैलाई गाली गरेर नेता बन्न नचाहेको तर विकास गर्न सक्ने योजना रहेको बताए ।
विकास गर्नका लागि भनेर हुने र गरेर हुने दुई प्रकारका एजेण्डा रहेको भन्दै उनले बालेन शाहले भनेकै भरमा सार्वजनिक शौचालय उपलब्ध भएको बताए । उनले पर्खनु विकल्प हुँदै होइन भन्ने नारालाई अघि सारेका छन् । पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणामा उपस्थित भएका अभिनेता आर्यन सिग्दलले परिवर्तनका लागि युवालाई अघि सार्नुपर्ने भएकाले इन्जिनियर पोखरेललाई आफ्नो समर्थन रहेको बताए ।
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल