Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगन–विश्वमाथि कारबाहीको डण्डा बर्षाइँदै

काठमाडौं । बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक केही बेरमा बस्दैछ । बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो बस्न लागेको हो । यो बैठकले दोस्रो विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितलाई कारबाहीको तयारी गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले केही बेरमा केन्द्रीय कार्यसमिति बैठक बसेर विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको तयारी गरेको बताएका छन् । बरालका अनुसार महामन्त्रीद्वयले सभापति देउवा नेतृत्व छोड्नुपर्ने र आगामी फागुन २१ गतेको चुनाव पनि नलडी आराम गर्नुपर्ने भनेर राखेको शर्तमा कुरा मिलेन । अरू सबै विषयमा सहमति जुट्ने अवस्था देखिए पनि देउवाले नेतृत्व नछाड्ने अड्डी कसेपछि कांग्रेस इतिहासमै तेस्रो पटक फुटतर्फ अग्रसर भएको हो । तर बरालका अनुसार देउवाले कांग्रेस नेतृत्व छाडे पनि आगामी संसदीय चुनाव लड्न दिनुपर्ने बताएका थिए । तर महामन्त्रीद्वयले चुनाव पनि लड्न नपाउने अडान राखेपछि कुरा मिल्न नसकेको उनले बताएका छन् । उहाँहरूले चुनाव पनि लड्नै नपाउने अडान राख्नु भयो । सभापतिले नेतृत्व छाड्छु तर चुनाव लड्छु भन्दा पनि मान्नु भएन, बरालले भने, हरसम्भव प्रयास गरियो तर सकिएन । अब सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसेर कारबाहीको तयारी भएको छ। बुधबार बिहान महाराजगञ्जमा सभापति देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्तामा सहमति नजुटेसँगै कांग्रेस फुटतर्फ अग्रसर भएको छ। मंगलबार पनि दिउँसो हिजो १ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो। यता भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ता सकिएको छ। सभापतिदेखि केन्द्रीय कार्यसमिति सदस्यका उम्मेदवारसम्मले मनोनयन दिइसकेका छन् । अब त्यहाँ निर्वाचन प्रक्रिया अघि बढिसकेको छ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल