Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गजुरी बस दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु

काठमाडौं । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका(५, घाटबेसीबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनो संख्या सात पुगेको छ। लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्गको घाटबेसी भन्ने ठाउँबाट विहान पाँच बजे नदीमा खसेको थियो। बसमा ५१ जनाभन्दा बढी यात्रु सवार थिए। उनीहरूमध्ये एक महिलासहित सात जनाको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ३७ जनाको उद्धार गरिएको छ भने बेपत्ताको खोजी कार्य चलिरहेको छ। उद्धार गरिएकामध्ये ३० जनाभन्दा बढी घाइते छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइँदैछ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन्। बस नदीमा डुबेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा सामान्य घाइते भएका चालक प्रहरीको नियन्त्रणमा छन्।


सम्बन्धित समाचार