Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धनको च्याँखे थाप्दै प्रचण्ड र ओली !

बामगठबन्धन जरुरी पनि छ । तर त्यो गठबन्धन केबल एमालेका अध्यक्ष केपि ओली र माओवादी अध्यक्ष पुष्प कमल दाहाललाई प्रधानमन्त्री बनाउने योजना मै मात्र केन्द्रीत हुन्छ भने स्वादिलो हुने छैन किनकी उनीहरुले राष्ट्र र जनताको पक्षमा तत्काल वा दीर्घकालीन योजनाका साथ चुनावी एजेण्डा बनाउने अवस्था पनि छैन । कम्युनिष्टका लागि पदीय स्वार्थ भन्दा सामुहिकता महत्वपूर्ण हुनुपथ्र्याे । तर नेपालका कम्युनिष्टहरुले सामुहिकता त्यागेर गुट र परिवारवादलाई प्रमुख एजेण्डा बनाएका छन् । त्यही कारण यो समयमा नेकपाका समुहगत संरचना प्रति जनचासो छैन ।

एमालेको जोड गठबन्धन सरकारबाट माओवादीलाई सकेसम्म बाहिर तान्ने रहेको छ । एमालेबाट फुटेर गएको नेकपा एकिकृत समाजवादीप्रति एमाले अध्यक्ष केपि ओलीको दुश्मनीको रिश मरेको छैन । त्यसैले केपिले पार्टीलाई भन्दा व्यक्तिलाई महत्व दिदै झलनाथ खनालसँग दोस्ती जोडेका छन् । एमालेमा रहँदा पनि खनालको गुट थिएन । २÷४ जना उनका भक्त थिए । तीनै मध्येका गोकर्ण विष्ट भिम आचार्यलाई एमालेबाट पार्टी सचिव बनाईयो । उनीहरु दुवै माधव प्यानलबाट उम्मेद्वार बनेका थिए । अहिले पनि उनीहरु एमालेका १० भाइ विद्रोहीभित्र पर्छन् । माधवप्रति ओलीको कटाक्ष जारी छ ।

पछिल्लो समयमा केपि ओलीले राष्ट्रपति कार्यलयलाई समेत प्रयोग गरेका छन् । ओलीको तर्फबाट राष्ट्रपति कार्यलय जाने आउने प्रदिप ज्ञवाली, विष्णु पौडेल, विष्णु रिमाल रहेका छन् । जीवन्त पार्टीमा विचारको बहस हुन सक्छ । एमालेमा विचारको बहस अब हुदैन । किनकी त्यहाँ केपिले जे भन्छन् त्यो विचार बन्छ जे निर्णय गर्छन् त्यो कार्यक्रम बन्छ नीति विधि सिद्दान्त प्रकृयाको बाटो त्यहाँ छैन । यस्तो पार्टीमा बामपन्थी गठबन्धनको खाँचो देख्नेले आफ्नो स्वार्थ हेरेको हुन्छ ।

चुनाव पछि आफै प्रम पदमा आउने गरी ओलीले जसरी गठबन्धन चाहेका छन् त्यो सम्भव देखिदैन । उनले प्रम ५ वर्ष तपाँइ मलाई पार्टी अध्यक्ष पद देउ भन्दा पद दिने अधिकार नदिने व्यवहार देखाएकै हुन् । ओलीको इच्छा मात्र पूरा गर्नका लागि गठबन्धन सम्मावना छैन । किनकी त्यहाँ देशको स्वार्थ पूरा गर्न प्रधानमन्त्री कति पटक भयो भन्ने गणना बढाउने कामलाई ठूलो दलका धनी नेताहरुले आफ्नो पूरुस्वार्थ ठानेको अवस्थामा कम्युनिष्ट पार्टीको नाममा कस्तो सन्देश जान्छ ?

माओवादी भित्र पनि स्वार्थ आफ्नै छन् । मौका मिलेसम्म नारायण काजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य त्यागेर प्रतिनिधि सभाको चुनाव लड्ने दाउमा छन् । उनलाई हिजो डा.बाबुरामले काँग्रेसको साथ लिएर चुनाव जित्दा अप्ठेरो भयो । आज डा. भट्टराईलाई काँग्रेसले बोक्दैन भन्ने छ । त्यहाँ पनि बामगठबन्धन बनाएर चुनावमा जान नारायण काजी जस्तै वर्षमान पून, जर्नादन शर्माको दौडधुप चल्दैछ । यो दौडधुप कै बीचमा एकता अभियानका संयोजक बामदेव गौतमले असार १९ गते खुमलटार मै गोकुल भण्डारीको घरमा नेकपा कालका सचिवालय सदस्यहरुको जमघट गराए ।
एमालेको अहंकारवादी नेता केपि ओलीलाई देखाउन पनि त्यो बैठक फलदायी थियो । माधव नेपाल, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, बामदेव गौतम त्यो बेला सचिवालय सदस्य थिए । ९ सदस्य सचिवालयमा केपि ओली विष्णु पौडेल इश्वर पोख्रेल अहिले पनि एकै ठाँउमा छन् । पौडेल र पोख्रेलको ओलीसँगको सम्बन्ध पदमा आधारित हो । विचार सिद्दान्त कार्यक्रमले आकर्षित गर्दैन त्यही कारण ओलीलाई देवत्वकरण गरेर स्वार्थ समूह बाम गठबन्धनको रोइलो गाईरहेको छ । पार्टी एकता हुने सम्भव देखिदैन । तर गठबन्धन देश र जनताको हितमा भन्दा स्वार्थमा छ । यस्तो बादलले पानी पार्न सक्दैन ।