Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गणतन्त्र ज्ञानेन्द्र विरविक्रम शाहले ल्याए

  • अर्जुन ज्ञवाली

नेपाल–चीन अध्यन केन्द्रका अध्यक्ष दाजुमदन रेग्मीले राजा ज्ञानेन्द्र बिरबिक्रम शाहदेवको विषयमा टिप्पणी गर्नुभएको हेरे ! विशेष गरेर नेपालमा देशी–विदेशी एजेन्सीसँग जोडिएर राजा ज्ञानेन्द्र र युवराज पारसलाई दोष देखाएर लोकतान्त्रिक, क्रान्तिकारी बन्ने नेपाली पत्रकार, बुद्धिजीवी, लेखक, राजनीति पार्टीका आवारा झोलेहरूमा मनोरोग बिजारोपण गरिएको छ । यो देशमा राजा ज्ञानेन्द्र बिरबिक्रम शाह र तत्कालीन युवराज पारस बाहेक सबै उत्कृष्ट छन् । हो सामान्य मानिसमा जस्तै उनीहरूका पनि कतिपय कमिकमजोरी नभएका होइनन् त्यो स्वभाविक प्राकृतिक गुण हो । तर राजा र युवराज बाहेक सडकमा देखिने आवारादेखि उहाँको शासनकालमा सत्तासिनहरू सबै चोखो देखिने प्रवृत्ति नेपाली समाजमा मनोरोगको रूपमा बिकास गरिएको छ । यहाँ श्रीषा कार्कीलाई आत्महत्या गर्न बाध्य पार्ने सैन्य हेडक्वाटरका पत्रकार ठूला लोकतान्त्रिक बनेका छन् । त्यही पत्रिकामा लेख्ने प्रहरीकै अनुसन्धानका जागिरेहरू रक्तकुण्ड लेखेर लेखक भएका छन् । असइ दर्जाका मानिस कान्तिपुरको सम्पादक बनेका छन् । मिडिया पुरै जासुसीकरण गरिएको छ । २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डमा सेना, प्रहरी, सरकार, प्रधानमन्त्री, गृहमन्त्री कसैको जिम्मेवारी होईन अरु सबै चोखा हुन् । राजाको समयको मुख्य सचीव, गृहमन्त्री, सेनापति सबै चोखा मात्रै दोष ज्ञानेन्द्रको मात्रै हो ? नेपाल प्रहरीको हवल्दारदेखि असइसम्मका गुप्तचरले पार्टी खोलेका छन् ती सबै ज्ञानेन्द्र र पारसलाई गाली गरेपछि क्रान्तिकारी । हो उनीहरूलाई जति दोष देखाउन पनि खुल्ला छ । ठमेलमा गएर दिपक मनाङ्गेलाई ज्ञानेन्द्र र पारसलाई जस्तो गाली गर्ने हिम्मत त कसैको छैन होला ? हो राजा ज्ञानेन्द्रमा कमजोरी नभएको होईन । उहाँको सबैभन्दा ठूलो कमजोरी आफ्नै दाजुको सुरक्षा नगरेको सेनालाई बढी बिश्वास गर्नु थियोे । नेपालमा गणतन्त्र सेनाकै उपहार हो किन भने राजतन्त्र नेपाल एकीकरणको लिगेसी हो र त्यसको सुरक्षा गर्ने जिम्मेवारी सेनाको हो । दोस्रो विश्वयुद्धमा जापानले अमेरिकीहरूसँग हिरोसिमा र नागासागिको मानवता विरुद्धको अमेरिकी बम प्रहारबाट पराजय भोग्न बाध्य भएपछि अमेरिकीसँगको वार्तामा जापानको इतिहास राजतन्त्रसँग जोडिएकाले राजा राखिदिन आग्रह गरे । थाइल्यान्डमा युवराज एकदम उदण्ड थिए । तर आफ्नो लिगेसी भएकाले तत्कालिन युवराजलाई एकवर्ष सुधारगृहमा राखेर सेनाले आफ्नो लिगेसी राजतन्त्रको निरन्तरता दियो ।

बेलायतले लिगेसी बिना देश शंकटमा पर्ने देखेपछि राजतन्त्र पुनः स्थापना ग¥यो । प्रश्न व्यक्तिको होइन, सस्था र लिगेसिको हो । अफगानिस्तानमा नेपालमा जस्तै सेनाले राजतन्त्र कु ग¥यो र सेना विघटन हुनासाथ गृहयुद्धमा धकेलियो । कम्बोडियामा नेपालमा जस्तै सेनाले गणतन्त्र ल्यायो र त्यो सेना विघटन भयो । यहाँ नन्दप्रसाद अधिकारीको लास जलाउन नसक्ने प्रचण्डले गणतन्त्र ल्याएको होईन । नत गिरिजाप्रसाद कोइरालाले ल्याएको हो उनीहरूत निमित्त पात्र मात्रै हुन् । हो यसकारण राजा ज्ञानेन्द्र बिरबिक्रम शाहदेवले गणतन्त्र ल्याउनु भएको हो, देशी–विदेशी जासुसहरूले सुन र हेक्का राख उहाँले सिआइए मिसन अनुसार अमेरिकी योजनाको तत्कालिन सेनापती कटवाल र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अगाडि सारेको बेबिकिङ अश्विकार गर्नुभयो । हो राजा ज्ञानेन्द्रले यसकारण गणतन्त्र ल्याउन भुमिका निभाउनु भयो भारतीय गुप्तचर सस्था रअको प्रस्ताव डा. बाबुराम भट्टराई द्वारा स्व. इन्द्र लोहनीमार्फत तत्कालिन कान्तिपुर टेलिभिजनमा अन्तरबार्ता मार्फत अगाडि सारिएको सांस्कृतिक राजाको प्रस्ताव अश्विकार गर्नुभयो । हो यसकारण गणतन्त्र उहाँकै कारण आएको हो । तर यो कुरा कसैले उठाएको लेखेको मैले देखेको छैन । हो राजा ज्ञानेन्द्रलाई पारसलाई जति दोष देखाउन पनि खुल्ला छ उनीहरू बाहेक यहाँ दिन दहाडै मानिस मार्ने अपराधी लोकतान्त्रिक भएका छन् । देश बिक्रि गर्न उधतहरू प्रजातान्त्रिक भएका छन् । प्रश्न गणतन्त्र र राजतन्त्रको होइन । गगन थापा र कमल थापामा के फरक छ ? एउटै शक्ति केन्द्र, एउटै मिसन हो । लोकमानसिंह कार्की र बाबुराम भट्टराईमा के फरक छ ? दुबै एउटै केन्द्रका हुन् ।

प्रचण्ड र सैनिक जनरल कुमार फुदुङमा के भिन्नता छ ? दुबै एउटै केन्द्रका हुन् । दरबार हत्याकाण्डको समयका प्रधानसेनापती प्रज्वलशमशेर जबरा र माओवादी लडाकु सैनिक जनरल यमबहादुर अधिकारीमा के फरक छ ? दुबै एउटै केन्द्रका होइनन् ? यहाँ ज्ञानेन्द्र र पारस बाहेक सबै गुणैगुणले भरिपुर्ण छन् । त्यसैले त देश संसारकै उन्नत हुन गएको छ । हो ज्ञानेन्द्र र पारसलाई जति गाली गरे पनि हुन्छ त्यो मनोरोगी नेपाली समाजलाई खुल्ला छ । उनीहरू सैनिक जर्नेल सेनापतीहरू जस्तो प्रहरीको साइबर ब्युरो खोज्न जाँदैनन् । गर गाली गर कति गर्न सकिन्छ । देखाउ दोष कति देखाउन सकिन्छ । दरबार छोड्ने बेलामा मेरो बोलिदिने कोहि भएन भनेर हाँस्दै दरबार त्यसै छोडेका होइनन् । हो यहाँ ज्ञानेन्द्र र पारसको नाम लिनु अपराध हो, किनकि उनीहरूबाहेक अरुसबै लोकतन्त्र भन्ने मुकुण्डो लगाएपछि शुद्ध हुन् । कुमार फुदुङ र पञ्चायतका अञ्चलाधिस सुर्यबहादुर सेन ओलिको झोला बोकेका माओवादी, कमरेड कोमल ओलिको झोला बोक्ने एमाले, सुर्यबहादुर थापा पुत्र सुनिल थापाको झोला बोक्ने कांग्रेसहरू गर ज्ञानेन्द्र र पारसलाई जति गाली गरे पनि हुन्छ । सेना, प्रहरी र बिदेशी एजेन्सीका सिआइडि पत्रकार, फण्डिङ बुद्धिजीवी, प्रा.डा. हरू लेख जति गालिगरेर लेखे पनि हुन्छ । हो उनले नक्कली भुटानी नागरिक बनाएर पठाएनन्, ओम्नि, वाइडबडी खाएनन्, यसकारण उनलाई गर गाली गर्न खुल्ला छ । हो उनले अर्को अपराध गरेका छन् त्यो हो देश छोडेर बिदेश गएनन् । उनी पूर्वप्रधान सेनापती धर्मपालबर सिह थापा, गौरब शमशेर राणा जस्तो दिल्लीको गुडगाउँ जानुपर्ने थियोे गएनन् । दरबार हत्याकाण्डको समयका प्रधानसेनापती प्रज्वल शमसेर जबराजस्तै अमेरिका जानुपर्ने थियोे गएनन् । दरबार हत्याकाण्डको समयका राजा, युवराजका एडिसि डाक्टरहरू जस्तै बेलायततिर जानुपर्ने थियोे गएनन् । ऊनी यहींछन् उनलाई देखाएर बन कति क्रान्तिकारी, अग्रगामी बन्न सकिन्छ । हुतिहाराहरू हो जति सकिन्छ गर गाली । उनलाई गाली गरेर कवि, पत्रकार, लेखक, नेता केके बन्न सकिन्छ बन ।

राजा ज्ञानेन्द्रलाई दलाई लामा बनाउन राजावादी क्रियाशील
माओवादी, काँग्रेस, एमालेसँग बैचारिक लडाइँ लडन सजिलो छ । तर राजाबादी, राष्ट्रबादी, इस्कोन, राधे–राधे, कृष्णप्रणामि, साइबाबा, ब्रह्मकुमारी राजयोगका आवरणमा आएकासँग अलि गाह्रो छ । जसरी सिआइए मुश्लिम आवरणमा तालिवानको रूपमा अफगानिस्तानमा आएका थिए नेपालमा ठिक भारतीय काला अंग्रेज आरएसएसलाई पर्दापछाडि राखेर तालिवानी मोडेलमै आएका छन् । तालिवान अफगानिस्तानमा इश्लामको रक्षाका लागि थिएन सिआइए योजना अनुसार धार्मिक मनोबिज्ञानमा खेल्न इश्लामको आवरणमा आएको थियोे ठिक नेपालमा नेपाल एकीकरणको आध्यात्मिक मुल्य मान्यता विरुद्ध हिन्दू जनमतको मनोबिज्ञानमा खेल्न खोजिरहेका छन् । राजा ज्ञानेन्द्र बिरबिक्रम शाहको वरिपरिको सञ्जाल सेना र आरएसएस घेराबाट दलाइ लामा बनाउन अहिले पनि क्रियाशिल छन् । किनकि राजा ज्ञानेन्द्र अफगानिस्तानका राजा जाहिर शाह जस्तो देश छोडेर जानु भएन । राजतन्त्रको लोकप्रियता बढ्दै जानु पार्टीहरू निकम्मा साबित हुँदै जानु गोयबल्स प्रपोगण्डा गर्ने मिडिया बदनाम हुनु इन्डो÷पश्चिमाका लागि चिन्ताको विषय हो ।

यो अवस्थामा छद्म दलालहरूलाई हिन्दू र राजा र राष्ट्रबादको आवरणमा उतारेर धार्मिक मनोबिज्ञानमा खेल्ने उद्देश्य प्रष्ट देखिन्छ । अबको लडाइ यिनै छद्वम भेष धारण गरेका अनुचरहरूसँग हो । राजा ज्ञानेन्द्रले नारायणहिटि छोड्दा उहाँ आफैले पत्रकार सम्मेलनमा भन्नु भएको आफ्नै भनाइ स्मरण गर्न जरुरी छ मेरो बोलिदिने कोहि भएन । अहिले राजा आउ देश बचाउ भन्नेहरू त्यतिबेला कहाँ थिए ? तिनीहरू तपाईंलाई दलाई लामा बनाउने गिरोहले चलाएका मानिस हुन् । इन्डो÷पश्चिमा सैनिक घेराले जसरी तपाईंलाई २०६१ माघ १९ मा अगाडि लगाएर अन्तिममा धोका दियो अहिले त्यस्तै अगाडि लगाएर ६ महिनापछि अफगानिस्तानका असरफ घानिलाई तालिवान लगाएर भाग्न बाध्यपारेजस्तै हिन्दू आवरणमा दलाइ लामा बनाउन बाध्यपार्ने छन् । महाराजधिराजले हेक्का राख्नु होला तपाईंको वरिपरिका सचिव, तिनले चलाएका अनुचरहरू र सेनाको घेराबाट परिचालितहरू तपाईंलाई दलाइ लामा जस्तो बनाउन खोजिरहेका छन् । तपाईंले पत्रकार सम्मेलन गर्दाको यो तस्वीर स्मरण गर्नुहोला । विघटनको अन्तिम चरणमा रहेको नेपालको इन्डो/अमेरिकी सेना तपाईंलाई प्रयोग गरेर दलाइ लामा बनाउन क्रियाशिल छ । तपाईं सचेत रहनुहोला । इतिहास सय÷पचास बर्षको हुँदैन । अहिले हिन्दू र राजाको आवरणमा देखिनेहरू तपाईंका शुभचिन्तक होइनन्, तपाईंलाई नयाँ दलाइ लामा बनाउन क्रियाशिलहरू हुन् । चेतना भया ।


सम्बन्धित समाचार