Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गलत ठेगाना टिपाएर कोरोना संक्रमित बेपत्ता

काठमाडौं । कोरोना परीक्षणका लागि पुगेकाहरुले मोबाइल नम्बर मात्रै होइन ठेगाना समेत गलत टिपाउने गरेको पत्ता लागेको छ । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ । योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । १२ जनाको नै फोन लगाउँदा गलत नम्बर भन्ने उत्तर आएको बताइउको छ । इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला भन्छन्, नम्बर मात्र गलत होइन ठेगानासमेत गलत टिपाएका छन् ।

कोइरालाका अनुसार बुधबार १६ जना संक्रमित सम्पर्कविहीन थिए । तर विहीबार १० जना सम्पर्कमा आए, फेरि विहीबार देखिएका संक्रमितमध्ये ५ जना सम्पर्कविहीन छन् । ‘ती आज सम्पर्कमा आउलान् कि ? यसअघि पनि पटक–पटक संक्रमितहरु सम्पर्कविहीन छन् । तीमध्ये केही आफैं सम्पर्कमा आएको र केही अझै सम्पर्कमा नआएको कोइराला बताउँछन् ।

कोइरालाका अनुसार बिहीबार उपत्यकामा संक्रमितमध्ये ४१ जना प्रहरी भएको, केही स्वास्थ्यकर्मी र केही अख्तियारका बरिष्ठ अधिकारीहरुसमेत रहेका छन् । यस्तै विहीबार थपिएका संक्रमितमध्ये ३७ जनामा लक्षण समेत देखिएको छ ।
टेकुस्थित शुक्रराज अस्पताल, युनिफाइड अस्पताल र पाटन अस्पतालको आइसोलेसन भरिएपछि ईडीसीडीले विहीबार आयुर्वेद अस्पताल कीर्तिपुर, केएमसी अस्पताल भक्तपुर र नेपाल प्रहरी अस्पतालमा व्यवस्थापन गरेको छ ।