Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुण्डाराज चम्कँदा प्रहरी कता ?

काठमाडौं । नेपाल प्रहरीको जिल्ला वा प्रभागमा नयाँ कमाण्ड जब जान्छ केही दिन तिनको काम चम्कन्छ । जब होटल, रेष्टुराँ, क्याफे र डान्सबारबाट हप्ता र मासिकका कुरा मिल्छ त्यसपछिका दिन उस्तै हुन्छन् । अहिले प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुरका नायकहरूको काम मुखले ठिक्क, व्यवहारमा दिक्क हुने खालका छन् । दरबारमार्ग, महाराजगञ्ज, ठमेल, वानेश्वर, कालिमाटी, बौद्ध, जनसेवा, गौशालाका डिएसपीहरूको कमालको दर्शक बन्न पुगेका एआईजी रविन्द्र धानुक भने गलत गर्नेलाई तत्काल हटाउने भन्दैछन् । उनले मेट्रोको नेतृत्व लिएपछि स्वयम्भूका डिएसपीले जेलका अपराधीसँग भलाकुसारी गरेर प्रहरीको चरित्र देखाए । प्रहरीको ठूलो पद दलीय भागवण्डामा पर्छन् ।

प्रहरीको सरुवा बढुवामा बालुवाटारको व्यापक हस्तक्षेप छ । विज्ञको नाताले प्रहरीका पूर्व डिआईजीदेखि एआईजीसम्मले सुझाव दिन बालुवाटार आउजाउ गरेकै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीमा जेष्ठता, वरिष्ठताभन्दा पनि आफूले विश्वास गरेका एआईजीलाई आईजीपी बनाए । त्यो केश अदालतमा छ । एमालेले गर्ने पनि त्यही हो । वरिष्ठता र जेष्ठतालाई नै चुनौती दिँदै हिजो एमालेको ओली ब्राण्डले देखाएको हर्कतका साक्षी देउवा पनि थिए । एसएसपीदेखि डिआईजी र एआईजीसम्म जुन प्रक्रियाले विश्वराज पोखरेलको बढुवा गरियो त्यो प्रक्रिया सहकर्मी र सहयात्रीहरूले चित्त बुझाएका थिएनन् । मौका पर्दा धिरज सिंह, रविन्द्र धानुक जस्ता वरिष्ठहरूले पहुँच देखाए बढुवा भए । यहाँसम्म ठिकै थियो ।

तर ब्रिफेकश बुझाएर बसन्त पन्त ११ दिने बसन्त लामा २४ घण्टे एआईजी बनेर अवकाश लिँदा राज्यका सञ्चालकहरूलाई लाज पनि भएन । प्रहरीका यी आईजीपी, एआईजीहरूको प्रतिष्ठा र सम्मान पनि अडिएन किनकि पैसाले जे गर्छ कमाण्ड नै गर्छ भोलिको बाटो हेर्दैन । प्रहरी र सशस्त्रलाई पार्टीकै भगिनी संगठन बनाउने त्यो काँग्रेस कति भष्मासुर छ भन्ने कुरा त कम्युनिष्टको नाममा एमालेको ओली ब्राण्डले चलाएका गैर कानुनी हर्कतको रोकावटसम्म गर्न नसकेर लत्रिएको यथार्थ छँदैछ । देउवा सरकारको बक्रदृष्टि परेको अर्को अंग राष्ट्रिय अनुसन्धान विभागलाई तहसनहस बनाईसकेको छ । देशको राष्ट्रिय अस्मिता सर्वाभौमिकताको रक्षाका लागि प्रयोग हुने राज्यलाई दरिलो बनाउने संस्थाहरू (प्रहरी, सशस्त्र, सेना, गुप्तचर) लाई क्रमशः नशा मरेको शरीर जस्तो बनाइँदैछ ।

यस्तो बेलामा काठमाडौं, ललितपुर, भक्तपुरको मात्र होइन व्यवहारमा भष्मासुर चरित्रमा कुम्भकर्ण देखिने जिल्लामा अवधि पुगेका कमाण्डर फेर्ने साइत कहिले जुर्ला ? प्रहरीको फौजी अनुशासन बाहिरको जमात (राष्ट्रिय अनुसन्धानबाट आएको) ले प्रहरीको पोशाककै बदनाम गरेको छ । तर नेतृत्व त्यसतर्फ सचेत छैन । किनकि तिनले पैसा बुझाएर ठाउँ लिएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको भद्रताले प्रम पत्नी डा. आरजु राणा, गृहमन्त्री पत्नी मञ्जु खाँणको हैकम तोडेको छैन र तोड्दैन । नेताको चाकडी गरेकै भरमा हिजो असक्षमलाई जिल्ला कमाण्ड दिलाइयो । काँग्रेसी राज स्थानीय चुनावमा तनहुँमै खुल्ला रूपमा देखाइयो । कुट्नेले कुटे कुटाई खानेले खाए, दोषी छात्ति खोलेर काँग्रेस भन्दै हिँड्छ कुटिने उम्मेदवार आफैं काँग्रेस थिए । त्यो पनि हिजोको प्रहरीकै मन्त्रीका पुत्र ।

राजनीति हैकमले प्रहरी लत्रन्छ । त्यसैले गफ होइन कमाण्ड विश्वासयोग्य देखिनु प¥यो भन्ने जनमत राजधानीमा छ । लज, रेष्टुराँ, बार र जुवाघरको कुरा मिल्दा प्रहरीको हैसियत जनताले देख्छ । लजबाट २÷४ जोडी पक्रिनु पौरख होइन । प्रधानमन्त्री भ्रष्ट प्रेमी भएनन् भने अरुले कुम्ल्याउन डराउलान् । तर प्रम देउवाको सत्ता फितलो र निम्छरो हुन्छ । देउवा शासनबाट जनताले राहत पाएको रेकर्ड छैन । बरु गुण्डा राजले स्थान पाउने गर्छ । दरबारमार्ग, ठमेरतिर काभ्रेली गुण्डाराजको चर्चा त्यसै चलेको होइन । यतिखेर राजधानी असुरक्षित छ । भिजिट भिसामा एअरपोर्टको अध्यागमनले गर्ने करामतमा प्रहरी छिरेकै छैन । त्यहाँ २३ हजार बुझाएर दैनिक भिजिट भिसामा विदेश जाने र अलपत्र पर्ने नेपाली महिला कति पुगे ?

त्यसको काउन्सिलिङ गरिरहेको मानव बेचविखन ब्यूरो समेत आफैंले काउन्सिलिङ गर्दागर्दै विदेशीएका महिलाको चित्कार सुन्दैन । साइबर ब्यूरो, लागू औषध ब्यूरो, अनुसन्धानब्यूरोले क्षमताले भ्याएसम्म अपराधी खोज्ने र कानुनी दायरामा ल्याएका छन् । तर प्रभागका कमाण्डरहरू एआईजीपी र आईजीपीभन्दा पावरदार भएकाले शान्ति र सुरक्षाप्रति शंका बढ्न थालेको हो । राजधानीको सुरक्षा कमाण्डमा शंका उब्जनु रातपरेपछि ठमेलतिर पैदल हिँडडुल गर्दा थर्कमान बन्नु पर्ने अवस्था आउनु समृद्धि र विकासकै सूचक बन्दैछ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल