Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। त्यस्तै, लघुवित्तले सो बोनस शेयरको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्नेछ। भदौ २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल