Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुरु डा. गोविन्द र चेला गगनको लडाइँ

काठमाडौं । देखावटी रुपमा मेडिकल शिक्षा अभियन्ता डा. गोविन्द केसीले देशका नर्सिङ कलेज बन्द गराए । भारत सरकारले डा. गोविन्द केसीको त्यो आन्दोलनको फाइदा उठायो । नेपालका सीमा क्षेत्रमा भारतले नर्सिङ कलेजहरू खोलेको छ । नेपालमा प्राविधिक शिक्षा, व्यवसायिक तालिम परिषद्को सम्बन्धन लिएर खुलेका नर्सिङ कलेज डा. केसीले बन्द गराए । डाक्टर केसीको आन्दोलनका सहयात्री गगन थापा काँग्रेसका, डा.तोषिमा कार्की रास्वपाका सांसद छन् । यी दुई अहिले संसदमा फरक धारमा छन । यिनको जात्रा हेर्न र सुन्न लायक छ । डा. केसीले २२औं अनसन शुरु गरेका छन् । उनको माग प्रधानमन्त्रीको राजीनामा, संक्रमणकालिन न्याय निष्कर्षमा पु¥याउनुपर्ने र आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने रहेका छन् । जुन सरकारसँग डा. केसीले माग राखे त्यो सरकारको प्रधानमन्त्रीको राजीनामा मागेपछि कुन सरकारले उनको माग पूरा गर्छ ? डा. केसीको आन्दोलनले सरकारबाट सम्बन्धन नपाएका झापाको बिएन्डसी मेडिकल कलेज र विराटनगरको नोबल मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ । केसीको आन्दोलन शैक्षिक गुणस्तर बढाउन सरकार बाध्य भयो भएन तर मेडिकल शिक्षा धन नभएकाले पनि ग्रहण गर्न सक्ने बनाउने प्रयास भयो ।
सरकारले खडा गरेको मेडिकल बोर्डले उपत्यकाभित्र र बाहिर शुल्क तोक्यो । उपत्यकामा ३७ लाख, मोफसलमा ४७ लाख शुल्क तोकियो । तर माफियाहरूको चलहपहल रोकिएको छैन । मेडिकल माफिया दुर्गा प्रसाई बैंक ऋण नतिर्ने नेपालमा बैंक तथा वित्तीय संस्था खोलेर जनता ठग्दै आएका काला व्यापार गर्नेेमाथि पनि प्रहार गर्दैछन् । प्रसाईका अनुसार, नेपालको मेडिकल शिक्षा सुधार होइन धरासायी भएको छ । डा. केसीले प्रदेश तहमा सरकारकै लगानीमा मेडिकल कलेज खोज्नु पर्छ भनेका छन् । देश संघीयतामा गएपछि प्रदेश सरकार मातहत सरकारी कलेज खोलिनु नेपाली गरिब विद्यार्थी पनि डाक्टर बनुन् भन्ने हो । तर चितवन, भैरहवा, पाल्पा, पोखरा, विराटनगर, वीरगञ्जमा निजी क्षेत्रले मेडिकल कजेज चलाएका छन् । डाक्टर र नर्सिङका कक्षा त्यहाँ सञ्चालन भएका छन् । सरकारको तहमा धरान, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन, नेपाली सेनाले मेडिकल शिक्षाको पढाई सञ्चालन गर्दै आएको छ । सरकारद्वारा सञ्चालित मेडिकल कलेजहरूको गुणस्तर बढ्दो छ । त्यसबारे अभियन्ता डा केसीको ध्यान छैन । उनले माग राख्ने झ्याप्प आमरण अनसन बस्ने गरेपछि धनगढीको गेटा मेडिकल कलेज सञ्चालनमा अवरोध गर्न पुगेका बेला स्थानीय जनताले असहयोग गर्दा फर्कनु परेको थियो । आफ्नो योजनामा जनताको साथ कति छ, ख्याल नगर्दा डा. केसी कैयौं ठाउँमा अपमानित भएका छन् । नेपालको नर्सिङ शिक्षामा उनको प्रहार हुँदा भारतले फाइदा उठाएको कुराले जनतामा सकारात्मक भन्दा नकारात्मक सन्देश दिएको विषय उनले ख्याल गरेका छैनन् । अहिले उनको अनसन स्थल पशुपति क्षेत्रको मृगस्थली बनेको छ ।


सम्बन्धित समाचार