Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौं । भन्सार नाका कडी कडाउ गर्यो अर्थमन्त्रालयको एकता छैन् । सीमा क्षेत्रमा कवाडी मात्र होइन कुखुरा र माछाको पनि तस्करी रोक्न सुरक्षा टोली सक्रिय छ । गृहले प्रहरी र शसस्त्रलाई चलाउँछ अर्थले राजस्व र भन्सारको निगरानी गर्छ । सीमामा कृषि तथा पशुपंक्षी मन्त्रालय पनि जोडिन्छ । गलत मनसाय राखेर दशगजा भित्र कुखुराको खोर, माछा फार्म पनि छन् । गोदाम दशगजामा राखेर तस्करी गर्ने टीम बलियो छ । यो सबै देखेर पनि शसस्त्र प्रहरीको टीममाथि नै शंका उब्जाइन्छ । किनकी विगत राम्रो थिएन् ।
सीमा सुरक्षाको जिम्मा लिएको शसस्त्रले कवाडी पक्रन्छ बुझाउने ठाँउ छैन् । स्थानीय तहको कुरा आफ्नै छ । संघिय सरकार र प्रदेशबीच अधिकारको लडाइँ छ । वीरगंज महानगरले टेण्डरबाट कवाडी लैजान भनेको छ । तर कवाडी ठेकेदारले मान्दैन् । यो सम्बन्धी कानुन स्पष्ट भएन अर्थमन्त्रालय बीचमा समन्वय पनि भएन् । उपप्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुधारको अभियानमा छन् । तर उनैले सीमासँग जोडिएका अर्थ र कृषिमा समेत समन्वय गर्न जरुरी छ । अर्थमन्त्रालयको समस्या छँदैछ ।
शसस्त्रलाई राजश्व बढाउन सरकारले दबाव दिन्छ । तर दशगजाको समस्या समाधान कुटनैतिक तहबाट हुनु पर्छ । शसस्त्रले पक्रेका कवाडिका गाडी बुझाउने कहाँ यसको पहिचान गराउने गृह हो । अर्थमन्त्रालयले छानेर रोजेर भन्सार नाकामा पठाएको कर्मचारी इमान्दार छैन् । भन्सार कर्मचारीको पौरख एयरपोर्टमा वारम्वार देखिन्छ । वीरगञ्ज भन्सारमा लुटेर अघाएका अरुण पोखरेल एयरपोर्ट भन्सारमा आएर सुन तस्करी चम्काएकै छन् । राजस्व छल्ने यस्तो टोली देशभर सीमा नाकामा छ । शसस्त्र प्रहरी र नेपाल प्रहरी एकातिर राजस्व अर्कोतिर भएका थुप्रै तस्करीका धन्दा छन् । शसस्त्रका आईजीपीदेखि एआईजी र वहुसंख्यक डिआईजीहरू तस्करी धन्दाको वारेमा सम्झाउनु पर्नेहरू छैनन् ।
यीनले गृहमन्त्री, कृषि मन्त्री र अर्थमन्त्रीका बीचमा समन्वय गराउन राजनीति पहुँच मै पुगेर सीमा क्षेत्रको तस्करी नियन्त्रणमा कडी कडाउ वन्नै पर्छ । किनकी वर्तमान सरकार राजस्व वढाउने सीमा क्षेत्रको समस्या समाधान गर्न सकृय छ । आवश्यक दरवन्दी छैन कामको बोझ थपिएकै छ । सीमामा कवाडीको झमेलाबाट स्थानीयतह समेत विवादमा तानिएको छ । तस्करहरूले सरकारका प्रतिनिधि राजस्व र भन्सारका कर्मचारीलाई साथ लिदा शसस्त्र प्रहरी र नेपालले भन्सार छलेर कुदेका मालवाहक गाडी पक्रेका थुप्रै घटना छन् । पूर्वको सुपारी तस्करी नेपालगञ्जको हरियो करोड र वीरगंजको काजू छोकडा र कवाडीको सामान चर्चामा आउछन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल