Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहको बेवास्ता, अलमलमा फौज

गृहमन्त्री बालकृष्ण खाँण देख्दा भद्र छन् । गृहसचिव टेकनारायण पाण्डे गृहसँग विज्ञ थिएनन् । तर उनी पनि यो बीचमा विज्ञ बनेका छन् । गृहको काम सिडिओ सरुवा गर्ने पार्टी निकटलाई च्याप्ने मात्र हुँदैछ । गुण्डाहरू दलका संरक्षणमा गए । प्रहरीलाई पनि टेन्सन छैन । बरु गृहमन्त्रीलाई काँग्रेसी लेपन लागेका तरुण विभागसँग समन्वय गरेका कार्यकर्तारूपी डनहरूलाई सुविधा दिनु छ । त्यही कारण नेपाल प्रहरीको सरुवा बढुवा रोकिएको छ । प्रहरीलाई समयमा सरुवा बढुवा नगर्दा कमाउन थाल्छन् । अहिले दशैं तिहार र छठ पर्वको मौकामा चोरी र अपराधका घटना भन्दा जुवातासमा प्रहरी समेत रमाएका खबर आए । गृहमन्त्री खाँणले यसलाई मजाक ठाने कि अराजकता उनै जानुन् ।
काँग्रेस र एमालेले भगनी संगठन बनाएको प्रहरी अहिले पनि भगिनी संगठन जस्तै छ । आईजीपी शैलेस थापाले दलीय हस्तक्षेपबाट सरुवा बढुवाको फाइल नउठ्ने बताइरहँदा गृहमन्त्रीसँग सम्बन्ध भएका केही हाकिमले काज सरुवा भने पनि गराएरै छाडेका छन् । कप्रमा आएपछि रोकिएका काम शुरु हुन्छ भनेका एआईजी विश्व पोखरेल कता छन् के गर्दैछन् पत्ता छैन । उनका आलोचकहरूले चोलेन्द्र समशेरलाई सर्वोच्चमा आपत पर्दा विश्वलाई पनि पर्छ त्यही कारण संगठनतिर भन्दा पनि उनको ध्यान चोलेन्द्रतिर बढी भयो भन्दैछन् ।
अवधि पुगेका, सरुवा पर्खेर बसेका प्रहरी अधिकृतहरू प्रशासन विभागको बाटो हेर्दैछन् । एआईजी जति पनि छन् डिआईजीको पद थप्ने जोडमा मन्त्री छन् । तर यही स्थितिमा छ जना डिआईजी थप्न सकिँदैन भन्ने अर्थमन्त्री जनार्दन शर्मा गृहमन्त्रीको अडान पन्छाउन सक्ने अवस्थामा छैनन् । आफू आईजीपी बन्नुछ यो लडाइँमा किन एकको पक्ष लिने एआईजी विश्वलाई पनि यहाँ देखिनु छैन । एमालेका विवादित नेता ईश्वर पाखरेलदेखि काँग्रेसका डा. शेखर कोइरालासम्म गाढा सम्बन्ध भएकाले एआईजी पोखरेललाई आफ्नै काममा ध्यान छैन । ठूलाकै चिन्ता छ प्रहरीमा तल्लो तहका कर्मचारी १८÷१९ वर्ष एकै पदमा दोब्रिएर बस्न किन नपरोस् । संगठन सुधारप्रति चासो देखिँदैन ।
प्रहरीलाई उसैको ऐन नियमअनुसार परिचालन गर्ने माओवादीले हो । तर त्यो पार्टीले कहिल्यै जस पाएन । माओवादी मन्त्रीहरूको समयमा नयाँ भर्ना पनि खुलाइएन । कृष्णबहादुर महरा, जनार्दन शर्मा, शक्ति बस्नेत, रामबहादुर थापा र थोरै दिन भए पनि नारायणकाजी श्रेष्ठले गृह हाँके तर प्रहरीको डिआईजीदेखि एआईजी, आईजीपीसम्मले माओवादीका कुनै आग्रह र अनुरोध सुन्दैनन् । प्रहरी काँग्रेस र एमाले कै भगिनी संगठन हो भन्ने कुरा त्यसका गतिविधिले बताउँछ । गृहमन्त्री रामबहादुर थिए काम गोकुल र महेशको हुनु यसको प्रमाण हो । यसैबीच, नेपाल प्रहरीले १६ महिनापछि प्रहरी अधिकृतहरुको सरुवा अभियान चलाएको छ । आज डिएसपीहरुको सरुवा गरिएको प्रशासन विभाग निकट स्रोतले जानकारी दिएको छ ।