Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्रीमाथि बज्रियो पत्थर

काठमाडौं । काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न आयोग बनाउनु पर्ने अडान लिएको छ । सरकारले तस्कर र माफियामाथि प्रहार गर्न थालेपछि काँग्रेसले भ्रष्टाचारमा डुबेका मोहन बस्नेतलाई जोगाउने शर्त राख्ने होकि शंका एकातिर चर्को छ । अर्कोतिर ठूला पार्टीका भ्रष्ट नेता बचाउने लोकतान्त्तिक मान्यता छ । हिजो बालकृष्ण खाँणको रिहाई र लक्ष्मी कोइरीको सफाई काँग्रेस एमालेको लेनदेन थियो । संसदको जारी अधिवेशनमा सरकारले गर्नु पर्ने काम धेरै छन् । तर सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतक लिएर विदेश जाँदा बैठक रोकियो । सभामुख नहुँदा उपसभामुखले संसद चलाउन सक्छन् । अङ्ग्रेजी नामको शुरुको अक्षरको आधारमा संसदहरूलाई सभामुख राखेर बैठक बस्न सक्छ । तर सभामुख घिमिरे संसदीय व्यवस्था र त्यसले अंगिकार गरेका विषयमा मौन छन् ।
एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा चल्ने सभामुख घिमिरे अ‍ोलीकै ओदशमा संसद बैठक रोक्ने गरेका थुप्रै उदाहरण छन् । एमालेले गृहमन्त्री रविलाई यो बेला बोक्नु पर्ने बाध्यता छ । संसदको चौथो दलको रुपमा रास्वपा रहेको छ । काँग्रेसले डा. आरजु देउवा जस्ता भ्रष्टाचारकी कुल देवी बनेकी नेता पक्राउ पर्ने डरबाट आतंकित छ । काँग्रेस दूधले नुहाएको पार्टी होइन । डा. आरजुकै दबावमा रु ३ अर्ब ८५ करोडको टेरामक्स खरिदमा तत्कालिन मन्त्रीहरू मोहन बस्नेत र ज्ञानेन्द्र कार्की आरोपित बनेका छन् । रवि लामिछाने विवादित पात्र हुन् । गृहमन्त्रीमा रविको नियुक्तिसँगै सहकारी प्रकरण देखिएको होइन गत फागुन २१ सम्म काँग्रेस नै सरकारमा थियो । अर्थमन्त्री पनि कांग्रेसकै थिए । आफैंले मुलुक डुबाएको काँग्रेसलाई यस पटक प्रधानमन्त्री प्रचण्डलाई शिक्षा दिनु छ । प्रचण्डले धोका दिएको बताउने काँग्रेस डा. आरजुका मुन्सीहरू डा. प्रकाशशरण महत र मोहन बस्नेतको असक्षमता र भ्रष्टाचारको रक्षक भयो । काँग्रेसका मन्त्रीले थुपारेको फोहोर अहिले सफा गर्न मन्त्रीहरूलाई भ्याई नभ्याई छ । मनपरी ढंगले ठेक्का दिने र लिने प्रतिस्पर्धामा कांग्रेस सफल भयो ।
संसदीय अभ्यासमा वापमन्थी भन्दा भरपर्दो त्यो शक्ति आफैंभित्र विकृति पालेको शक्ति बन्दैछ । त्यहाँ पनि एडिबीको अनुदान पहुँचको भरमा बाख्रा पालन गर्ने भन्दै करोडौं झ्वाम पार्ने महामन्त्री गगन थापाले शुद्धताको विषय उठाउन लाज लाग्नु पर्ने हो । जसले पार्टीलाई सत्ताबाट सडकमा ल्याएको छ । संघीय सरकार जसरी बन्यो त्यसरी नै प्रदेशमा सरकारबाट काँग्रेस बाहिरिन पर्ने छ । संस्थापनमाथि प्रहार गरेर कोशी प्रदेशमा देखिएको अराजकतामा डा. शेखर समूह सक्रिय थियो । यो समूहले देशको आवश्यकता भन्दा काँग्रेसको सुविधामा व्यवस्था चल्नुपर्ने अडान लिन्छ ।


सम्बन्धित समाचार