Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्री गुरुङको इन्गेजमेन्ट, बिहे १७ गते

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको विवाह आगामी मंसिर १७ गते हुने निश्चित भएको छ । पारिवारिक स्रोतका अनुसार उनको गृहजिल्ला गोरखामा विवाह हुन लागेको हो ।
गृहमन्त्रीले कानूनी विवाह धेरैअघि गरेको भए पनि सांस्कृतिक विधिअनुसार अहिले विवाह गर्न लागेका हुन् । आज उनको इन्गेजमेन्ट काठमाडौंमा नै भइरहेको स्रोतले जानकारी दियो ।

इन्गेजमेन्टमा धेरै अतिथिहरू बोलाइएको छैन । गुरुङ र उनकी पत्नीका परिवारजन मात्रै उपस्थित छन् । विवाह भने धुमधामले गर्ने गुरुङको तयारी छ ।

कानूनी विवाहपश्चात गुरुङकी पत्नी अमेरिका भासिएकी थिइन् । उनी केही समयअघि नेपाल फर्किएकी हुन् ।