Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोठालो गएका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुर । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । हिजो दिउँसो गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिमराज मगरले जानकारी दिए । प्रहरी र स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् ।