Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । खाना पकाउने ग्याँस आयातमा नयाँ रेकर्ड कायम भएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट गत अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महीना आयात भएको ग्याँस हालसम्मकै धेरै भएको निगमका सहायक निर्देशक एवम् प्रवक्ता विनितमणि उपाध्यायले बताए
सन् २०२१ को डिसेम्बर महीनामा निगमले भारतीय आयल कर्पोरेसनबाट ४९ हजार ८०४ मेट्रिक टन खाना पकाउने ग्याँस आयात गरेको उनले बताए । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा ८ हजार ९९५ मेट्रिक टनले धेरै हो भने अघिल्लो महीनाको तुलनामा ४ हजार १५५ मेट्रिक टनले बढी ।
सिलिण्डरमा हिसाब गर्दा यो महीना ३५ लाख ७ हजार १९७ सिलिण्डर ग्याँस आयात भएको उपाध्यायले बताए । जुन गत वर्षभन्दा ६ लाख ३३ हजार ४२७ सिलिण्डरले बढी हो । समीक्षा अवधिको थप खपतको लागत मात्रै एक अर्ब ४० करोड ६९ लाख रुपैयाँभन्दा धेरै हुने निगमले जनाएको छ । ‘मासिक औसत ४४ हजार मेट्रिक टन हाराहारीमा हुने आयात डिसेम्बरमा आएर आकाशिएको छ । डिसेम्बरको आयात निगमको इतिहासमै अहिलेसम्मकै उच्च हो’, उपाध्यायले भने ।
यसअघि औसत मासिक २९ लाख सिलिण्डर हाराहारी ग्याँसको खपत हुने गरेको थियो । कुल वार्षिक खपतमा पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष ७३ हजार ४५१ मेट्रिक टन थप ग्याँस आयात भएको निगमले जनाएको छ । सन् २०२० मा कुल चार लाख ४३ हजार १८७ मेट्रिक टन खाना पकाउने ग्याँस आयात भएकोमा सन् २०२१ मा कुल ५ लाख १६ हजार ६३८ मेट्रिक टन ग्याँस आयात भएको छ
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल