Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्याँस पड्केर आगो लाग्दा तीन बालबालिकाको ज्यान गयो

सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । लामाटोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो । ग्याँस पड्केपछि घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङ को साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको वडाध्यक्ष सुरज लामाले जानकारी दिए । आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको तामाङले बताए । मिनबहादुर पनि घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । घटना आज बेलुकी ७ बजेतिर भएको स्थानीयले जानकारी दिए ।