Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्यासको अभाव नभएको घोषणा

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघ तथा ग्यास बिक्रेता महासंघले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्तामा धैर्य गर्न आग्रह गरे ।
ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले उपभोक्तालाई आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह गर्दै व्यवसायीलाई नयाँ सिलिन्डर नबेच्नसमेत निर्देशन दिएको बताए । ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा एक करोड २३ लाख सिलिन्डर रहेको जनाउँदै कोभिड–१९ का कारण हाल दैनिक एक लाख सिलिन्डर खपत भएको बताए । उनका अनुसार तराईमा भन्दा काठमाडौंँमा धेरै माग भएको छ । सन् २०१८ मा ३३ हजार मेट्रिक टन ग्यास खपत भएकामा सन् २०१९ मा ३८ हजार र सन् २०२० को हालसम्म ४३ हजार मेट्रिक टन खपत भइसकेको छ । फागुका कारण एलपी ग्यास आयात एक साता बन्द भएको थियो । फागुसँगै कोभिड –१९ को अनावश्यक हल्लाका कारण केही ढिलाए भए पनि नियमित रूपमा ग्यास आयात भएको हुँदा मौज्दात नराख्न श्रेष्ठले आग्रह गरे ।


सम्बन्धित समाचार