Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। अन्तर्राष्ट्रिय वित्त निगमले ग्लोबल आइएमई बैंकको कर्जा विभागमा कार्यरत करिब ४०० कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयमा तालिम दिएको छ। उक्त तालिम बैंक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्यमा सम्पन्न भएको हो।
उक्त तालिम आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको बैंकले जानकारी दिएको छ। तालिम कार्यक्रमलाई आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले संचालन गरेका थिए।
अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत सुशासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भइ समग्र बैंकिङ क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल